Trending:

नेपाल टेलिकमको ‘मनसुन अफर’ सार्वजनिक युट्युबले हटाउँदैछ ‘ट्रेन्डिङ’ सेक्सन, नयाँ चार्ट प्रणाली ल्याउने तयारी हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जुलाई १५ देखि युट्युबको नयाँ नीति लागू: मौलिक सामग्री नहुँदा मोनिटाइजेशन बन्द विद्युत् प्राधिकरणद्वारा सात चार्जिङ स्टेसनलाई थप बजेट, १ करोडभन्दा बढी विनियोजन सीजी इलेक्ट्रोनिक्सद्वारा ‘मेरिडिया ५५ इन्च क्यूएलईडी काराओके टीभी’ सार्वजनिक एलन मस्कको स्टारलिंक स्याटेलाइट सेवालाई श्रीलंकाको स्विकृति डिशहोमद्वारा ‘भर्चुअल प्रिभिलेज कार्ड’ सार्वजनिक भैसेपाटीमा युवालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित इभि वितरण कार्यक्रम सम्पन्न ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा , सस्तो, सुरक्षित र व्यावसायिक लगानीको अवसर बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म फेस्टिभलकालागि एसियाली आवेदन खुल्ला हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध पृथ्वी नजिक सर्ने प्रमुख क्षुद्रग्रहहरू: जोखिम, अनुसन्धान र अन्तरिक्ष मिशनको प्रगति इभीमार्फत १००० युवालाई स्वरोजगार अवसर एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक टिएम१ का १ सय भन्दा बढी युनिटहरू सडकमा गुड्दै:नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे एलएस अटोको नयाँ अल ह्वील ड्राइभ ‘एलईभी-एक्स’ नेपालमा चाँडै सार्वजनिक हुँदै फोनपे सँगको सहकार्यमा कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक एसईई २०८१ को नतिजा अब सिधै मोबाइलमा उपलब्ध विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा डेभलपर्सका लागि गुगलको नयाँ टूल ‘जेमिनाई सीएलआई’ सार्वजनिक खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’ नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट इन्फिनिक्सको गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक
अपडेट

एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित]

एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित]
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाली कानूनको धज्जी उडाएर शंकास्पद रूपमा हुण्डी र क्रिप्टो करेन्सीको कारोवार गरेको हुन सक्ने भन्दै अनुसन्धान गर्न माग गरिएको छ ।

शेयर खरिद–बिक्रीको विषयमा ०८० मंसिर २१ गते पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको नेतृत्वमा गठित समितिले एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी छानबिन गर्न गठित समितिले एनसेलको कारोवार शंकास्पद रहेको भन्दै अनुसन्धान गर्न माग गरेको हो ।

अहिलेसम्म लुकाएर राखिएको उक्त समितिको प्रतिवेदनमा एनसेलले सेयर खरिद बिक्रीमा न्यून बिजकीकरण गरेको देखाउनुको मुख्य कारण क्रिप्टो र हुण्डी गरेको हुनसक्ने आशंकासहित सरकारलाई यसबारे अनुसन्धान गर्न सिफारिस गरेको छ ।

टेककागजलाई प्राप्त उक्त प्रतिवेदनको ७० पेजमा भनिएको छ, ‘हालको एनसेलको खरिद बिक्रीमा न्यून बिजकीकरण गरिनुमा हुण्डी र क्रिप्टो कारोवार प्रमुख कारण हुन सक्छ ।’

प्रतिवेदनमा केता र बिक्रेता जना मिली एक सम्झौता गरेर सरकारी निकायहरुमा पेश गरी अभिलेखिकरण गरेपछि अवैध आम्दानी वैधानिकता तर्फ प्रवेश गराउने प्रयास भएको हुन सक्ने उल्लेख गरिएको छ ।

‘यस खरिद बिक्रीमा या त खरिदकर्ता आफैले अवैध तरिकाले आर्जन गरेको रकम बिक्रेतालाई पुरै तिरेता पनि आफ्नो आयको स्रोत अनुसारको रकमको मात्र सम्झौता गरेको हुन सक्छ, या त कुनै लगानीकर्ताको अवैध तरिकाको आर्जनको स्रोत अप्रत्यक्ष रुपमा प्रयोग भएको हुन सक्छ । यो गम्भीर विषय छ । यो मुलुकको अर्थतन्त्रको लागि विस्तृत अनुसन्धानको विषय छ,’ प्रतिवेदनमा भनिएको छ ।

हेर्नुहोस् प्रतिवेदनको पेज नम्बर ७० को अंश :

 

प्रतिवेदन हुण्डी वा हवाला पद्धति अनौपचारिक तरिकाले बैंकिङ प्रणालीको समानान्तर रुपमा रकम स्थानान्तरणको माध्यम रहेको र यो प्रचलन मुख्यतया मध्यपूर्व, दक्षिण एसियाका मुलुकहरुमा जहाँ बढी प्रवासी समुदायमा र विदेशमा काम गर्ने कामदारहरुले अफनो घर परिवार वा स्वदेशमा रकम पठाउन प्रयोग भएकोसमेत उल्लेख गरिएको छ ।

नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्यूरोले अबौं रूपैयाको हुण्डी कारोबार सञ्चालकहरु माथि अनुसन्धान गरी मुद्दा दायर गरेको  र यसले हुण्डी कारोबारको व्यापकता रहेको पुष्टि भएको प्रतिवेदनको दाबी छ ।

प्रतिवेदनले मलेसिया, दक्षिण कोरिया र खाडी मुलुकमा अत्यधिक रूपमा नेपाली कामदारको गन्तव्यस्थल भएकोले ती देशहरुबाट स्वदेशमा औपचारिक माध्यमबाट आउनुपर्ने रेमिटयान्स घट्ने र अनौपचारिक तवर रकम भित्रिदा विदेशी मुद्रा मुलुकमा नभित्रिने अवस्था बनेको र मलेसियन कम्पनी अजियाटा पनि यहीं संलग्न भएको हुनसक्ने आशंकासमेत गरेको छ ।

‘यसरी विदेशमा आर्जन गरिएको रकम विदेशमा नै अफसोर कारोवार गर्ने वा अवैध कारोवार गर्ने व्यक्ति वा समूहले दुरुपयोग गरेका हुन सक्छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘यस्तो कार्यमा कतिपय अवस्थामा रकम स्थानान्तरण गर्ने कम्पनीहरु समेत संलग्न हुने गरेको आशंका गरिएको छ । यो प्रक्रियामा स्वदेशमा अवैध तरिकाले कमाएको रकम सिधै विदेश पुर्याउने सजिलो माध्यम बनेकाले यसतर्फ नेपाल राष्ट्रबैंकको ध्यान केन्द्रित हुनु पर्दछ ।’

एनसेलले राज्यको कर मात्र होइन विभिन्न कार्यक्रम गरी ग्राहकबाटै अर्बौं असूल गरेको समाचार यसअघि टेककागजले प्रकाशित गरेको थियो ।

हेर्नुहोस् समाचार :

एनसेलबारे छानबिन गर्न गठित उक्त समितिमा पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको नेतृत्वमा सचिव फणिन्द्र गौतम, दुईजना सहसचिव रितेशकुमार शाक्य र बाबुराम भण्डारी र नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सुजनकुमार काफ्ले थिए ।

समितिले छानबिन तथा अनुसन्धानपश्चात् ०८० माघ १५ गते सरकारलाई उक्त प्रतिवेदन बुझाएको थियो । तर, सरकारले अहिलेसम्म उक्त प्रतिवेदन औपचारिक रूपमा भने सार्वजनिक गरेको छैन ।

उक्त प्रतिवेदनमा एनसेलले गरेको बदमासीको फेहरिस्त प्रस्तुत गरिएको छ । यसबारे टेककागजले नियमित रूपमा समाचार र फलोअप लेखिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?