काठमाडौँ। लामो समय सुल्झिन नसकेको दूरसञ्चार सेवाबापतको रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषबापत बुझाउनुपर्ने रकम दाखिला हुन सुरु भएको छ ।
इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणको खातामा रकम दाखिला गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार वर्ल्डलिंकले शुक्रबार दूरसञ्चार रोयल्टी र ग्रामीण दूरसञ्चार कोष (आरटिडिएफ) बापत बक्यौता रहेको दुई अर्ब १५ करोड रूपैयाँ एकमुस्ट बुझाएको हो।
आर्थिक वर्ष ०६९/७० देखि ०७९/८० सम्मको रोयल्टी र आरटिडिएफ तथा त्यसमा थपिँदै आएको ब्याज र जरिवानासहितको रकम कम्पनीले बुझाएको हो।