Trending:

कुमारी बैंकको एटीएम र पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने हिरो मोटोकर्पको नयाँ सिरिज आउँदै, यस्ता छन् विशेषता गुगलले सार्वजनिक गर्‍यो ‘विलो’ नामक नयाँ क्वान्टम चिप आइएमई पेको ‘लोड, पे, विन’ अफर : बम्पर उपहारमा १०० प्रतिशत क्यासब्याक नेपालमा आयो टाटा म्याजिक बीएस–६ नबिल बैंकले सुरु गर्‍यो मुख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली आइफोन विक्रीमा रहेको भनेर झुटो विज्ञापन राखेर ठग्ने ३ जना पक्राउ सामाजिक सञ्जालमा उमेर नपुगेका बालबालिकाको उमेर बढाएर खाता खोलि दिनुभएको छ? अकाउन्टिङलाई एआईमार्फत् रूपान्तरण गर्दै टिग सामसङ वान युआई ७ बेटा घोषणा हुन्डाई सान्टा एफई बन्यो ‘वर्ष कार २०२५’ सामसङको टिभी किन्दा ३१ प्रतिशतसम्म छुट इन्भर्टर मोटर र पावर स्टिम भएको सेन्सेई फ्रन्ट लोड वासिङ मेसिन नेपाली बजारमा एक्सपेंग मोटर्स अब पोखरामा देशैभरी फोरजीको सेवा विस्तार गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन नेटा एक्स बन्यो सबै भन्दा धेरै बिक्रि हुने ईभि इसेवाको ब्राण्ड प्रवर्द्धकको रुपमा रोहित कुमार पौडेलको निरन्तरता एससिटी–युपिआइ कार्डधारकहरूले सिभिल मलमा निःशुल्क पार्किङ गर्न पाउने सूचना-प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न सञ्चारमन्त्रीको आग्रह डिशहोमको इन्टरनेट जोड्दा तीन महिनाको बोनससहित निःशुल्क फाइभ–जी राउटर ‘टिकटक जस्तै अरु सामाजिक सञ्जाल सरकारको सूचीकरणमा आउनुपर्छ’ बजारमा रिचार्ज कार्ड अभाव भएकोबारे टेलिकमले के भन्यो? काठमाडौंमा डिजिटल राइट्स फेस्टिबल बीउबिजन वितरणमा प्रविधिको प्रयोगले कृषिमा सुधार हुनेछ : मन्त्री अधिकारी पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन अब देशभरका ५०० बढी सहकारीको खाताबाट पनि हाम्रो पे वालेटमा रकम लोड गर्न सकिने अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत ‘फोटोन ग्लोबल अवार्ड्स २०२४’ मा एमएडब्लू ग्रुपलाई दुईवटा अवार्ड फिनल्यान्डमा गुगलको डाटा सेन्टर विस्तार रुसद्वारा ‘कोन्डोर–एफकेए रडार’ उपग्रह प्रक्षेपण नेपाल टेलिकमले ल्यायो ‘एनटी क्रिकेट धमाका प्याक’ नेपालका चार आसीईटी कम्पनी एपिक्टा अवार्ड्स-२०२४ मा प्रतिस्पर्धा गर्दै वर्ल्डलिंक कम्युनिकेसन्समा फिनफण्डले एक अर्ब ४१ करोड लगानी गर्ने नामीको प्रारम्भिक मूल्य न्यूनतम २५ हजारदेखि मूल्य वृद्धि अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ इन-ड्राइभ चालकहरूको लागि आइएमई पेको नयाँ योजना शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले सञ्चालन गर्‍यो डीसी फास्ट चार्जिङ स्टेसन आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद
अपडेट

सामाजिक सञ्जालमा उमेर नपुगेका बालबालिकाको उमेर बढाएर खाता खोलि दिनुभएको छ?

सामाजिक सञ्जालमा उमेर नपुगेका बालबालिकाको उमेर बढाएर खाता खोलि दिनुभएको छ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

काठमाडौँ। तपाईँले फेसबुक, टिकटक, स्न्यापच्याट, यूट्यूब वा इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा उमेर नपुगेका बालबालिकाको उमेर बढाएर खाता खोलि दिनुभएको छ?

त्यसो नभए पनि तपाईँले पक्कै आफूले चिनेका बालबालिका वा किशोरकिशोरीको सामाजिक सञ्जालमा खाता देख्नुभएको होला। तर कानुनअनुसार ती कतिपय बालबालिकाको त्यस्तो खाता खोल्न उमेर पुगेकै हुँदैन। नेपालसहितका देशमा यी माथि उल्लेखित सामाजिक सञ्जालहरूमा खाता खोल्नका लागि कम्तीमा १३ वर्षको उमेर हुनुपर्छ।

नेपालमा पनि धेरैले सामाजिक सञ्जालमा साना बालबालिकाको खाता खोलिदिएका छन्। बालबालिकाको उमेर नढाँटी त्यो सम्भव हुँदैन तर सामाजिक सञ्जालहरूले उमेर पुष्टि हुने प्रमाण वा आधार खोज्दैनन्।

यसले गर्दा बालबालिकाहरू अनलाइनका हानिकारक सामग्रीहरूमा पुग्ने गरेको र त्यसले असर गरेको भन्दै विश्वव्यापी रूपमा चिन्ता व्यक्त भएको पाइन्छ। त्यसको नियमनका लागि विश्वका कतिपय देशमा कानुनहरू बन्ने क्रममा छन् भने सामाजिक सञ्जालहरूलाई पनि त्यसबारे निरन्तर सचेत गराउने काम भइरहेका विवरण छन्।

‘गम्भीर असर’

नेपालमा धेरै बालबालिकाले १३ वर्षभन्दा कम उमेरमै सामाजिक सञ्जालमा खाता खोलिएको पाइन्छ। ती खातामा उनीहरूले निरन्तर तस्बिरतथा भिडिओ राख्ने गरेको पाइन्छ।

स्वयं आमाबुवाले नै त्यसरी खाता खोलिदिने र उनीहरूका तस्बिरहरू राखिदिने गरेको पाइएको बालमनोविद् पुष्पा अधिकारी बताउँछिन्। “अहिले त बच्चालाई ‘पपुलर’ बनाउनका लागि पनि आमाबुवाले आफैँ अकाउन्ट खोलिदिने गर्नुहुन्छ। त्यो ‘पपुल्यारिटी’ हेर्ने कि बच्चाको स्वास्थ्य हेर्ने वा बालबालिकालाई भोलि कस्तो असर गर्छ त्यो हेर्ने?,” उनले भनिन्।

मोबाइल तथा अन्य उपकरणमा बालबालिकाको पहुँचलाई सीमित राख्ने प्रणालीहरू उपलब्ध भइसकेका कारण कति समय प्रयोग गर्न दिने र दिँदा कस्तो सामाग्री हेरिरहेका छन् त्यसमा ध्यान दिनुपर्ने उनी बताउँछिन्।

“उनीहरूलाई मोबाइलमा कस्तो एप मात्रै हेर्न दिने र कति समयका लागि हेर्न दिने भन्ने ‘सेटिङ’ गर्न मिल्छ। त्यसमा अभिभावकले ध्यान दिनुपर्छ,” मनोविद् अधिकारीले भनिन्। नेपालमा केही ‘सेलेब्रटी’हरूले समेत आफ्ना उमेर नपुगेका सन्तानहरूको सामाजिक सञ्जालमा खाता खोलिदिएका छन्।

बालबालिका झर्किने, कोठामा एक्लै बस्ने, पढ्नमा ध्यान नदिने जस्ता समस्या लिएर अभिभावक आउने र त्यस्था अधिकांश बालबालिकाहरू विद्यालयबाट फर्किएपछि तीनचार घण्टा मोबाइलमा सामाजिक सञ्जालहरू हेर्ने गरेको पाइएको अनुभव उनी सुनाउँछिन्।

त्यसमा पनि किशोरीहरूले त आत्महत्यासमेत गरेका घटनाहरू आएको उनी बताउँछिन्। “अहिले अत्यधिक ‘साइबर क्राइम’का घटना देखिन्छ्न, जसमा खास गरी किशोरीहरूको सामाजिक खाता दुरुपयोग भएको अनि यसले गर्दा आत्महत्याहरू नै गरेको पनि भेटिएको छ।”

यस्तो अवस्थामा सुरुमा घरभित्रै आमाबुवा र अभिभावकहरू सचेत हुनुपर्ने र त्यसपछि यसको नियमनका लागि सरकारले पनि ध्यान दिन उनी सुझाउँछिन्।

यूकेमा सर्वेक्षणबाट के देखियो?

‘अफकम’ नामक यूकेको नियामक निकायले सामाजिक सञ्जालमा बालबालिकाहरूले वयस्क भएको बताइरहेको विषयलाई सम्बोधन नगरे त्यस्ता कम्पनीहरूमाथि कारबाही हुने चेतावनी दिएको छ। हालै सार्वजनिक भएको एउटा नयाँ सर्वेक्षणले ८ देखि १७ वर्षका करिब २२ प्रतिशत बालबालिकाले सामाजिक सञ्जालका एपहरूमा आफ्नो उमेर १८ वर्ष वा त्योभन्दा माथि राखेको अनुमान गरेको छ।

अफकमले बालबालिकाले सजिलै उमेर ढाँट्न सक्दा त्यसले उनीहरूको अनलाइनमा उपलब्ध हुने हानिकारक सामाग्रीमा पहुँच पुग्ने खतरा बढेको जनाएको छ। “बालबालिकाको उमेर अनलाइनमा थाहा पाउनका लागि सामाजिक सञ्जालहरूले धेरै गर्नुपर्ने छ,” बीबीसीसँग बोल्दै अफकमका ‘मार्केट इन्टेलिजन्स’का निर्देशक इयान मक्रेईले बीबीसीलाई भने।

‘ढाँट्न धेरै सजिलो’

केही प्रविधि कम्पनीहरूले बालबालिकाका लागि सामाजिक सञ्जाल सुरक्षित बनाउनका लागि उपायहरू घोषणा गरेका छन्। उदाहरणका लागि इन्स्टाग्रामले किशोरकिशोरीका लागि “टीन अकाउन्ट” ल्याउन लागेको छ।

ग्लास्गोस्थित रोशल अक्याडमीमा किशोरकिशोरीको एउटा समूहसँग बीबीसीले कुरा गर्दा उनीहरू सबैले सामाजिक सञ्जालमा आफूहरूले वयस्क भनेर उमेर राखेको बताए।

“आफ्नो उमेर ढाँट्न एकदमै सजिलो छ,” १५ वर्षे एक किशोरीले भनिन्। “मैले आफू जन्मिएको दिन र महिना ठ्याक्कै त्यही राखेँ, तर जब वर्ष लेख्ने बेला आयो, अनि मैले ‘कर्सर’ घुमाउँदै १० वर्षमाथि उमेर राखेँ,” उनले भनिन्। “त्यहाँ केही कुरा पुष्टि गर्नुपर्दैन। परिचयपत्रको माग पनि गरिँदैन र त्यहाँ केही पनि सोधिँदैन,” अर्की किशोरीले भनिन्।

नयाँ इमेल ठेगाना बनाएर थुप्रै सामाजिक सञ्जालमा खाता खोल्दा त्यहाँ केही पनि माग गरिएन। अठार वर्षभन्दा माथि उमेर राख्नेबित्तिकै प्रमाण नमागी दर्ता गरिन्छ। अफकमले यसलाई अबका महिनाहरूमा परिवर्तन गर्नुपर्ने जनाएको छ। “बालबालिकाको उमेरबारे स्वघोषणा गर्नु स्पष्ट रूपमा अपर्याप्त छ,” मक्रेईले भने।

उमेरको निश्चितता पुष्टि गर्न दबाव

अनलाइन उपलब्ध हुने हानिकारक सामग्रीहरूमा बालबालिकाको पहुँच हुँदा त्यसले केही किशोरकिशोरीहरूको मृत्युसमेत भएका घटनाबारे गहिरो चिन्ता व्यक्त भएका छन्। यसै कारण यूकेमा यसअघिको सरकारले अनलाइन सुरक्षा ऐन (ओएसए) पारित गरेको छ। त्यसअनुसार सन् २०२५ को जुलाई महिनाबाट सामाजिक सञ्जालहरूले अफकमले भनेको “उमेर निश्चित गर्ने अतिप्रभावकारी संयन्त्र” लागु गर्नु पर्नेछ।

यूकेमा बालबालिका र किशोरकिशोरीका लागि बनेका चर्चित केही सामाजिक सञ्जालहरूसँग उनीहरूको प्रतिक्रिया लिन बीबीसीले प्रयास गरेको थियो। “कम उमेरको भन्ने शङ्क लागेपछि हामी दैनिक हजारौँ त्यसता खाता हटाउँछौँ,” एउटा विज्ञप्तिमा टिकटकले भनेको छ।

“कसरी ‘मशीन लर्निङ टेक्नोलोजी’ले यी प्रयासहरूलाई सुधार गर्न सक्छ र किशोरकिशोरी तथा बालबालिकाको सुरक्षा र सम्मानको अधिकारका लागि उमेरको आश्वासनका प्रत्याभूतिका लागि काम गर्न सकिन्छ भनेर हामीले हेरिरहेका छौँ,” त्यसमा भनिएको छ।

ह्वाट्स्याप, इन्स्टाग्राम र फेसबुकका माउ कम्पनी मेटा र स्न्याप्च्याटले भने यसबारे बताउन चाहेनन्। हालसालै अस्ट्रेलियाको संसद्ले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ। बिबिसीबाट साभार 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?