काठमाडौं। नेपाल टेलिकमले लगानीकर्तालाई ३० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । टेलिकमले आव २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई प्रतिसेयर ३० रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको हो ।
यसको स्वीकृतिका लागि अर्थ मन्त्रालयबाट सहमति लिनुपर्नेछ। मन्त्रालयले स्वीकृति दिए आगामी २८ गते बस्ने १७औँ वार्षिक साधारणसभामा पेस गरी त्यहाँबाट पारित भएमा सेयरधनीले उक्त रकम पाउनेछन्।
पुस १७ गतेसम्म कायम एनटीसीका शेयरधनीले आफूसँग रहेको प्रतिकित्ता शेयर बराबर ३० रुपैयाँका दरले लाभांश पाउनेछन् । लाभांश प्रयोजनका लागि पुस १८ देखि २७ गतेसम्म एनटीसीको बुकक्लोज हुनेछ । आइतबार १ बजेसम्म नेपाल टेलिकमको मूल्य प्रतिसेयर ९४९ रुपैयाँमा कारोबार भइरहेको छ ।