काठमाडौं। कोरियन कार निर्माता हुन्डाईको इलेक्ट्रीक क्रसओभर एसयूभी आयोनीक-५ ले विश्व रेकर्ड कायम गरेको छ।
आयोनिक ५ ले सबैभन्दा धेरै उचाइमा रहेको ड्राइभ गर्न सकिने विन्दु ५ हजार ८ सय २ मिटरको उचाइसम्मको यात्रा गरेको हो । हुन्डाई मोटर इन्डिया लिमिटेडले कार्यक्रम आयोजना गरेको थियो ।
सो यात्रा भारतको सबैभन्दा अग्लो ड्राइभयोग्य प्वाइन्ट समुद्री सतहभन्दा ५ हजार ७९९ मिटर अग्लो स्थानमा रहेको लेह लद्दाखस्थित उम्लिङ लाबाट सुरु भएर समुद्री सतहबाट तीन मिटर गहिराइमा रहेको केरलाको कुट्टानाड पुगेर टुंगिएको थियो ।
यस अवधिमा गाडीले ४ हजार ९०० किलोमिटर दुरी तय गरेको हुन्डाई इन्डियाले जनाएको छ। निकै कठिन, चिसो र हिमाली बाटोमा पनि आयोनीक-५ ले उत्कृष्ट यात्रा प्रदान गरेको बताइएको छ।
यात्रा सकिएसँगै आयोनीक-५ एक भरपर्दो, एडान्भान्स टेक्नोलोजी र उच्च पर्फर्मेन्स दिन सक्षम रहेको पुष्टि भएको कम्पनीको दावी छ।हुन्डाईको इलेक्ट्रीक ग्लोबल मोडुलर प्लेटफर्ममा (ई-जीएमपी) मा तयार भएको आयोनीक-५ ले यसअघि विश्वभर थुप्रै अवार्डहरू आफ्नो नाममा लेखाउन सफल भएको छ।