काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषबापत रकम बुझाउन कम्पनीहरूलाई पुस मसान्तसम्मको समय सीमा दिएको छ ।
प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै रोयल्टी र ग्रमीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)बापतको रकम तिर्न बाँकी रहेका कम्पनीलाई पत्राचार गरेको हो ।
दूरसञ्चार नियमावली २०५४ अनुसार कुल आम्दानीको ४ प्रतिशत दरले रोयल्टी र २ प्रतिशत दरले दूरसञ्चार विकास कोषबापत रकम बुभाउनुपर्छ । नियमावलीको नियम २६ मा वार्षिक कुल आम्दानी भन्नाले ग्राहकसँग लिएको धरौटी, सेवा कर, मूल्य अभिवृद्धि कर तथा उपकरण बिक्रीबापत प्राप्त हुने रकम बाहेक दूरसञ्चार सेवा प्रदायकले प्राप्त गरेको आम्दानीलाई जनाउँछ ।