काठमाडौँ। विश्वको सबैभन्दा धनी व्यक्ति इलन मस्कले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ को नाम परिवर्तन गरेका छन् । उनले नयाँ नाम ‘केकिअस म्याक्सिमस’ राखेका हुन् । उनले नाम परिवर्तन गरेसँगै सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा चर्चा सुरू भएको छ ।
एक्सको प्रोफाइलमा नयाँ फोटो र नाम राखेको बारे उनले कुनै पनि स्पष्टीकरण दिएका छैनन् । प्रोफाइलमा उनले कमिक पात्र पेपे द फ्रगको तस्बिर राखेका छन् । यो तस्बिरलाई अति दक्षिणपन्थी समूहले मेमेको रूपमा प्रयोग गर्दै आएका छन् ।
मस्कको यो कदमले क्रिप्टोसंसारमा हलचल उत्पन्न गराएको छ । मेमेक्वाइनको भाउ आकाशिएको छ । विगतमा पनि मस्कको हरेक कदमले क्रिप्टोकरेन्सीको भाउ प्रभावित बनाएका थिए ।
केकियस शब्द ‘केक’को ल्याटिन रूप हो । यसको अर्थ ‘लाफ आउट लाउड’ अर्थात् अट्टाहास हो । यो शब्द पहिले गेम खेल्नेहरूले प्रयोग गर्थे तर पछि दक्षिणपन्थीहरूले प्रयोग गर्ने गरेका छन् । ‘केक’ शब्द भ्यागुताको टाउकोमार्फत चित्रण गरिने इजिप्टका ‘अध्यारोका देवता’ को नाम पनि हो ।