Trending:

राइड सेयरिङ ‘सजिलो’मा यात्रा गर्ने ग्राहक र राइडर दुबैलाई नि:शुल्क बीमा नेपालमा सामसङको २ नयाँ बिस्पोक एआई वासिङ मेसिन सार्वजनिक सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने ऊर्जामन्त्री खड्काद्वारा ‘ट्रान्सफर्मर परीक्षण प्रयोगशाला’ को शुभारम्भ सातौँ स्टारसिप परीक्षण उडानको तयारी गर्दै स्पेसएक्स एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल ताजा रगत खोज्न ‘मोबाइल एप्स’ सार्वजनिक एफ-वान सफ्टको सिस्टम ह्याक गरेर साढे तीन करोड चोरी साइबरको माध्यमबाट ७८ लाख लुटियो ४१ लाख ५० हजार मूल्य पर्ने विद्युतीय ट्याक्सी ईभीईजी एक्समा इलन मस्कको नयाँ नाम ‘केकियस म्याक्सिमस’ दूरसञ्चार रोयल्टी पुस मसान्तसम्म बुझाउन प्राधिकरणको ताकेता जागिरकाे प्रलाेभनमा फेसबुक, ह्वाट्सएपमा लिङ्क पठाएर ठगी गर्ने क्रम बढ्याे स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबिच भएको अन्तर बैंक भुक्तानी सम्झौता सम्पन्न ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवको अवसरमा दराजमा १८% छुट अमेरिकाको न्यु अर्लिन्समा भीडमा कारको ठक्कर, १० जनाको मृत्यु नेपाल टेलिकमबाट भारत फोन गर्दा प्रति मिनेट ३ रूपैयाँ ७६ पैसा लाग्ने क्यान महासंघमा सुनैना घिमिरे पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुन्डाई आयोनिक–५ ले बनायो गिनिज वर्ल्ड रेकर्ड ओमोडाको ब्रान्ड एम्बेसडरमा दीपेन्द्रसिंह ऐरी नमस्ते पे मार्फत प्रत्येक उडान टिकट खरिदमा रु १५० क्यासब्याक एमएडब्लु वृद्धि चांगानको ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’बाट सम्मानित सन् २०२७ सम्म भारतमा डेटा सेन्टरमा लगानी १ खर्ब नाघ्ने नेपालको डिजिटल सीपलाई अगाडि बढाउँदै सामसङ ‘इनोभेसन क्याम्पस’ नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डे निर्विरोध जापान एयरलाइन्समा साइबर आक्रमण एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट खारेज इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो बजाज फाइनान्स मेला २०२४ सुरु अमेरिकामा बन्ने भयो ‘नक्कली सूर्य’, ४०० मेघावाट बिजुली उत्पादन गर्ने भ्रामक समाचारको पछि इसेवाको अनुरोध क्रिमसन टेकले जित्यो इनड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४ नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने दक्षिण कोरियाले गर्‍यो ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण ‘फ्युचर कनेक्ट समिट २०२५’ सम्पन्न आइएसएमटीको ‘आइटी एक्स्पो’ सम्पन्न सूचना प्रविधिमा युवाहरूको सक्रियता बढाउन जरुरी छ : मन्त्री गुरुङ बूम १८१ एएनसी इयरबड्स नेपाली बजारमा देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : सञ्चारमन्त्री गुरुङ आइएमई पेबाट ट्राभल बुकिङमा १०० % क्यासब्याकको अफर विद्युतीय कारोबार सम्बन्धी मुद्दामा जेनेस सलुशनलाई सफाई सिटिजन्सको मोबाइल एपमार्फत सेयरको आवेदन दिन सकिने ईसेवा मनी ट्रान्सफरद्वारा विद्यालयलाई सहयोग टेलिकमको लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत सूचना प्रवाह, सचेत रहन आग्रह आइएमई पे एपबाट आइइएलटिएस टेस्टको शुल्क भुक्तानीमा अब दुई हजार छुट इन्ड्राइभ आईसीटी अवार्डको ग्रान्ड फिनाले शुक्रबार, १५ विधामा अवार्ड इजरायलले पहिलो ‘वेभ पावर प्लान्ट’ सुरु गर्यो ललितपुर महानगरले ल्याएको ‘एलएमसी गार्बेज अलर्ट’ के हो ? नेपालमा डिजिटल सेफ्टी जागरुकताका लागि टिकटकले गर्‍यो सेफ्टी एम्बेस्डरहरूसँग छलफल
अपडेट

४१ लाख ५० हजार मूल्य पर्ने विद्युतीय ट्याक्सी ईभीईजी

४१ लाख ५० हजार मूल्य पर्ने विद्युतीय ट्याक्सी ईभीईजी
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

काठमाडौँ। सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी ईभीईजीको बुकिङ खुला भएको छ ।

जेएमईभी ब्रान्डको उक्त ट्याक्सीलाई ४१ लाख ५० हजार रुपैयाँ पर्ने र १ लाख १ हजार रुपैयाँ भुक्तानी गरे बुकिङ गर्न सकिने जनाइएको छ । विहीबार एक कार्यक्रम आयोजना गरि कम्पनीले यसबारे जानकारी दिएको हो ।

इभीईजी ट्याक्सिमा ४९ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा यसले ४३० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसको अधिकतम टर्क २२५ एनएम तथा पावर १३४.६ पिएस छ ।

एसी र डिसी दुबै चार्जर सपोर्ट गर्ने यस ईभीलाई डिसी फास्ट चार्जरको सहायतामा ३० मिनेटभित्रै ३० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, एसी चार्जरले नौं घण्टा र डिसी चार्जरले एक घण्टा १५ मिनेटमा फुल चार्ज गर्न मिल्छ ।

कम्पनीले यसको ब्याट्रीमा आठ वर्ष अर्थात एक लाख ५० हजार र मोटरमा तीन वर्ष अर्थात ६० हजार किलोमिटर वारेन्टि दिएको छ । यस ट्याक्सीको लम्बाई ४६७५ एमएम, चौडाई १८३५ एमएम र उचाई १४८० एमएम तथा ह्विलवेश २७५० एमएम छ, भने ग्राउन्ड क्लिरियन्स १७० एमएम दिइएको छ । साथै यसमा फ्रन्ट ह्विल ड्राइभ सिस्टम उपलब्ध गराइएको छ ।

आधुनिक डिजाइन दिएर आकर्षक लुक्समा तयार पारिएको यस ट्याक्सीमा डुअल जोन एसी, रिजेनेरिटिभ ब्रेकिङ, तीनवटा ड्राइभी मोड, प्रोजेक्टर हेड ल्याम्प, किलेस इन्ट्रि, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर राखिएको छ ।

साथै, यसमा क्रुज कन्ट्रोल, इलेक्ट्रिक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटर सिस्टम, ४१० लिटरको बुट स्पेस, कोलिजन सेन्सिङ अटोमेटिक अनलक, मल्टि फंक्सन स्टेरिङ ह्विल, आईपी ६७ वाटर प्रुफ ब्याट्री प्याक र थ्री–वे ड्राइभर एन्ड प्यासेन्जर सिट एड्जस्टमेन्ट जस्ता बिशेषता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?