Trending:

भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो मोबाइल प्रयोगकर्ताको तथ्यांकमा बिलिङ प्रणालीका उत्पादक र बिक्रेतालाई पहुँच नदिनू: सर्वोच्च अदालत राइड सेयरिङ ‘सजिलो’मा यात्रा गर्ने ग्राहक र राइडर दुबैलाई नि:शुल्क बीमा नेपालमा सामसङको २ नयाँ बिस्पोक एआई वासिङ मेसिन सार्वजनिक सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने ऊर्जामन्त्री खड्काद्वारा ‘ट्रान्सफर्मर परीक्षण प्रयोगशाला’ को शुभारम्भ सातौँ स्टारसिप परीक्षण उडानको तयारी गर्दै स्पेसएक्स एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल ताजा रगत खोज्न ‘मोबाइल एप्स’ सार्वजनिक एफ-वान सफ्टको सिस्टम ह्याक गरेर साढे तीन करोड चोरी साइबरको माध्यमबाट ७८ लाख लुटियो ४१ लाख ५० हजार मूल्य पर्ने विद्युतीय ट्याक्सी ईभीईजी एक्समा इलन मस्कको नयाँ नाम ‘केकियस म्याक्सिमस’ दूरसञ्चार रोयल्टी पुस मसान्तसम्म बुझाउन प्राधिकरणको ताकेता जागिरकाे प्रलाेभनमा फेसबुक, ह्वाट्सएपमा लिङ्क पठाएर ठगी गर्ने क्रम बढ्याे स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबिच भएको अन्तर बैंक भुक्तानी सम्झौता सम्पन्न ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवको अवसरमा दराजमा १८% छुट अमेरिकाको न्यु अर्लिन्समा भीडमा कारको ठक्कर, १० जनाको मृत्यु नेपाल टेलिकमबाट भारत फोन गर्दा प्रति मिनेट ३ रूपैयाँ ७६ पैसा लाग्ने क्यान महासंघमा सुनैना घिमिरे पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुन्डाई आयोनिक–५ ले बनायो गिनिज वर्ल्ड रेकर्ड ओमोडाको ब्रान्ड एम्बेसडरमा दीपेन्द्रसिंह ऐरी नमस्ते पे मार्फत प्रत्येक उडान टिकट खरिदमा रु १५० क्यासब्याक एमएडब्लु वृद्धि चांगानको ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’बाट सम्मानित सन् २०२७ सम्म भारतमा डेटा सेन्टरमा लगानी १ खर्ब नाघ्ने नेपालको डिजिटल सीपलाई अगाडि बढाउँदै सामसङ ‘इनोभेसन क्याम्पस’ नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डे निर्विरोध जापान एयरलाइन्समा साइबर आक्रमण एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट खारेज इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो बजाज फाइनान्स मेला २०२४ सुरु अमेरिकामा बन्ने भयो ‘नक्कली सूर्य’, ४०० मेघावाट बिजुली उत्पादन गर्ने भ्रामक समाचारको पछि इसेवाको अनुरोध क्रिमसन टेकले जित्यो इनड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४ नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने दक्षिण कोरियाले गर्‍यो ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण ‘फ्युचर कनेक्ट समिट २०२५’ सम्पन्न आइएसएमटीको ‘आइटी एक्स्पो’ सम्पन्न सूचना प्रविधिमा युवाहरूको सक्रियता बढाउन जरुरी छ : मन्त्री गुरुङ बूम १८१ एएनसी इयरबड्स नेपाली बजारमा देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : सञ्चारमन्त्री गुरुङ आइएमई पेबाट ट्राभल बुकिङमा १०० % क्यासब्याकको अफर विद्युतीय कारोबार सम्बन्धी मुद्दामा जेनेस सलुशनलाई सफाई सिटिजन्सको मोबाइल एपमार्फत सेयरको आवेदन दिन सकिने ईसेवा मनी ट्रान्सफरद्वारा विद्यालयलाई सहयोग टेलिकमको लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत सूचना प्रवाह, सचेत रहन आग्रह आइएमई पे एपबाट आइइएलटिएस टेस्टको शुल्क भुक्तानीमा अब दुई हजार छुट इन्ड्राइभ आईसीटी अवार्डको ग्रान्ड फिनाले शुक्रबार, १५ विधामा अवार्ड इजरायलले पहिलो ‘वेभ पावर प्लान्ट’ सुरु गर्यो
अपडेट

ऊर्जामन्त्री खड्काद्वारा ‘ट्रान्सफर्मर परीक्षण प्रयोगशाला’ को शुभारम्भ

ऊर्जामन्त्री खड्काद्वारा ‘ट्रान्सफर्मर परीक्षण प्रयोगशाला’ को शुभारम्भ
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पुल्चोक क्याम्पसमा निर्माण गरिएको ‘ट्रान्सफर्मर परीक्षण प्रयोगशाला’को शुभारम्भ गरेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आर्थिक सहयोगमा ट्रान्सफर्मर परीक्षण प्रयोगशाला निर्माण गरिएको हो। कार्यक्रममा मन्त्री खड्काले सुरक्षित विद्युत् प्रवाहमा उक्त प्रयोगशालाबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले विद्युत्मा ठूलो धनराशि खर्च भइरहेको बेलामा यसलाई कसरी सुरक्षित र भरपर्दो बनाउन सकिन्छ त्यसतर्फ अध्ययन अध्यापनको आवश्यकता रहेको उल्लेख गरे।

सरकारले सन् २०३५ भित्र २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट पास गरेको उल्लेख गर्दै मन्त्री खड्काले सो लक्ष्य पूरा गर्दै गर्दा हजारौँ इन्जिनियरले रोजगारी पाउने बताए। ऊर्जा क्षेत्रमा प्राविधिक जनशक्तिको ठूलो अभाव रहेको उनको भनाइ थियो।

मुलुक निर्माणमा इन्जिनियरको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मन्त्री खड्काले भन्नुभयो, “मुलुकको आर्थिक विकासका लागि इन्जिनियरको ज्ञान, सीप र क्षमताको खाँचो छ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले सरकारले राखेको जलविद्युत् विकासको मार्गचित्रलाई पूरा गर्न यस्ता प्रयोगशालाबाट सहयोग पुग्ने बताए। उनले आगामी दिनमा सरकारले यस्ता कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले सुुरक्षित, नियमित, किफायती र भरपर्दो विद्युत् उत्पादनतर्फ सरकार लागिपरेको बताए। उनले उत्पादकको प्राविधिक, प्रसारणको प्राविधिक पाटोमा हुने कार्यान्वयनमा नियमनकारी भूमिका निर्वाह गर्ने बताए।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव रहेको बताए। उनले लामो समयसम्म दरबन्दी बढाउन नसक्दा रोकिएको इलेक्ट्रिकल इन्जिनियरको विज्ञापन भर्खरै खुलेकाले आगामी दिनमा प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाइने उल्लेख गरे।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्राडा सुशीलबहादुर बज्राचार्य, पुल्चोक क्याम्पसका सहायक क्याम्पस प्रमुख नवीनकुमार झा, पुल्चोक क्याम्पस इलेक्ट्रिकल इन्जिनियर विभागका प्रमुख युवराज अधिकारीलगायतले इलेक्ट्रिकल इन्जिनियरको सङ्ख्या बढाउन अध्ययन र अनुसन्धानमा सरकारले सहयोग गर्नुपर्ने बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?