काठमाडौं । सीजी डिजिटलले आफ्ना ग्राहकहरूलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निःशुल्क कुकिङ कक्षा प्रदान गरिरहेको बताएको छ ।
सीजी डिजिटलका स्टोरमा एलजी, सीजी, गोदरेज, माइडिया र ब्ल्याक डेकेरका माइक्रोवेव ओभन किन्दा ग्राहकहरूले कुकिङसम्बन्धी व्यावसायिक कक्षामा भाग लिन सक्नेछन् ।
यो कक्षाको व्यवस्था काठमाडौं उपत्यकासहित देशभर छ । यसले ग्राहकलाई कुकिङ कक्षामा सहभागी हुने अवसर प्रदान गर्नेछ । माइक्रोवेव ओभनको प्रभावकारी र सजिलो प्रयोगबारे ज्ञान पनि दिनेछ । कक्षा सीजी डिजिटलको अनुभवी, प्रशिक्षित र कुशल सेफबाट सञ्चालन भइरहेको छ ।
इटहरी, विराटनगर, दमक, बिर्तामोड, झापा, काकडभिट्टा, चन्द्रगडी, धरान, उर्लाबारी र लहानमा सीजी डिजिटललगायत एलजीको डिलरमा कुकिङ कक्षा २५ पुसदेखि ११ माघसम्म चल्ने छ ।
प्रत्येक ग्राहकलाई निःशुल्क कुकिङ कक्षामा १० देखि १५ जनाको समूहमा प्रशिक्षित गरिनेछ । कक्षामा विशेष गरी माइक्रोवेव ओभनको माध्यमबाट सजिलो र छिटो परिकार बनाउन सिकाइनेछ भने सुरुमा कक्षामा सिकेर पनि आफूलाई मन परेको ब्राण्ड छानेर खरिद गर्न सकिनेछ ।