काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसरमा नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले २६ पुसदेखि २८ पुससम्म ‘न्यु ह्विल्स, न्यु डिल्स’ कार्यक्रम आयोजना गर्ने भएको छ ।
बिहीबार कम्पनीले यी गाडीहरू फेसलिफ्ट मोडलका रूपमा सार्वजनिक गरेको हो। टियागो इभी र टिगोर दुवै गाडी नेपाली उपभोक्तामाझ लोकप्रिय मानिने कम्पनीले विश्वास राखेको छ।
कम्पनीले टियागोलाई पेट्रोल संस्करणमा पनि उपलब्ध गराएको छ। आधुनिक सुविधाहरू थप गरेर कम्पनीले गाडीलाई अझ आकर्षक बनाउने प्रयास गरिएको उल्लेख छ।
टियागो इभीमा इन्टेरियरमा सुधार गर्दै एलइडी हेडलाइट्स, डोरमा इभी ब्याच। त्यस्तै, टिगोरको पेट्रोल संस्करणमा ३६० डिग्री क्यामेरा, १०.२५ इन्च इन्फोटेनमेन्ट स्क्रिन, टु–स्पोक स्टेयरिङ ह्विल र इलुमिनेटेड लोगो थपिएको छ।
यो एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग आकर्षक डिल्समा टियागो इभी र पन्च इभी साट्न सकिने छ । आकर्षक एक्सचेन्ज बोनसको साथै उक्त कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरूले सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, एक वर्षको सवारी कर, एक्सेसरिज र हरेक बुकिङमा आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।
‘न्यु ह्वील्स, न्यु डिल्स’ टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको छ । सो अवसरमा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन समेत कम्पनीले अनुरोध गरेको छ ।



