काठमाडौँ। नेपालका लागि चांगान र दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले प्रिमियम इलेक्ट्रिक एसयुभी दिपल एस०७ को बुकिङ खुला गरेको छ।
नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले यो वर्षको नाडा अटो शो २०२४ मा दिपल एल०७ इलेक्ट्रिक सेडान सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
लोभलाग्दो सफलता हासिल गरेको दिपल एस०७ प्रिमियम ईभीपछि चांगान नेपालले बहुप्रतिक्षित दिपल एल०७ प्रिमियम ईभी सेडानलाई सार्वजनिक गर्न लागेको हो । यो नयाँ एल०७ मा वेलकम सिट, एआर एचयुडी, जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन जस्ता इनोभेटिभ फिचरहरू रहेका छन् । यसका साथै यो गाडीले ५४० किलोमिटरको आकर्षक रेन्ज पनि दिने कम्पनीले जनाएको छ ।
१६२ वर्ष लामो विरासत बोकेको ग्लोबल अटोमोटिभ लिडर चांगान बृहत् अनुभव र नवीनतम् प्रविधिप्रति सदैव प्रतिबद्ध रहेको जनाइएको छ । यसमा चिनियाँ टेक्नोलोजी जायन्ट हुवावेको प्रविधि प्रयोग भएको बताइएको छ ।
स्पिड इन्थुजियास्टका लागि डिजाइन गरिएको यो इलेक्ट्रिक एसयूभीको टप स्पिड एक सय ८० किलोमिटर प्रति घण्टा रहेको छ भने ० देखि १०० किलोमिटर प्रति घण्टाको रफ्तार मात्र ६.६ सेकेन्डमा हासिल गर्ने कम्पनीले जनाएको छ ।
एस०७एलले पनि चर्चित दिपल एस०७ ले जस्तै बोल्ड एक्सटेरियर, फ्रेमलेस डोर ठूला २० इन्चका टायरले सबैको ध्यान आकर्षित गर्ने कम्पनीले जनाएको छ । क्याबिनमा क्वालकम स्नेपड्रागान ८१५५ चिपजडित १५.६ इन्चको सनफ्लावर टचस्क्रिन हुनेछ यसले इन्फोटेन्मेन्ट र भेहिकल कन्ट्रोललाई बेजोड बनाउनेछ । यसबाहेक दिपल एस०७एलमा नेभिगेसन र ड्राइभर इन्फर्मेसनका लागि अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, ह्यान्ड फ्रि अपरेसनका लागि जेस्चर कन्ट्रोल, वेलकम सिट, एन्डभान्स्ड् सेफ्टी ड्राइभिङ, एसाय २.५ जस्ता फिचरहरू रहनेछन् ।