काठमाडौं। नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्वासनपछि सामाजिक सञ्जाल एप टिकटकले अमेरिकामा आफ्नो सेवा सुचारु गरेको छ ।
ट्रम्पले राष्ट्रपति पद ग्रहण गरेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले यो कदम चालेको हो । यसअघि आइतबार टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो ।
अमेरिकाको संघीय अदालतले टिकटकलाई १९ जनवरीसम्म आफ्नो पेटेन्ट कम्पनी बाइटडान्डसको सेयर बेच्न भनेको थियो । योसँगै आइतबार अमेरिकाका अधिकांश उपभोक्ताको फोनमा टिकटकले काम गर्न छाडेको थियो ।
सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअगावै सूचना जारी गरेर टिकटकले अमेरिकामा एप्लिकेशन नचल्ने बनाएको थियो ।