Trending:

सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन शाओमी पावर बैंकः  सुपर फास्ट, सधैं चार्ज बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता
अपडेट

डिपसिकको ‘स्पुतनिक क्षण’ले अमेरिकी चिप प्रतिबन्धमा रहेका कमजोरी उजागर

डिपसिकको ‘स्पुतनिक क्षण’ले अमेरिकी चिप प्रतिबन्धमा रहेका कमजोरी उजागर
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

बेइजिङ। उच्च–प्रविधि चिपहरूमा अमेरिकी निर्यात नियन्त्रणले अनजानमै स्टार्टअप डिपसिकको एआई च्याटबटको सफलतालाई बल पु¥याएको छ ।

यसले एआईमा विश्वव्यापी प्रभुत्वका लागि चीनलाई रोक्न वासिङ्टनले केही गर्न नसक्ने भन्ने डर उत्पन्न गरेको छ । पूर्वी चिनियाँ शहर हाङझोउमा रहेको यस कम्पनीले आफ्नो आर१ प्रोग्रामले लगानीकर्ता र उद्योग विशेषज्ञहरूलाई चकित पारेको छ । यसले अमेरिकी प्रतिस्पर्धीहरूसँग देखिने गरी कम लागतमा प्रतिस्पर्धा गर्नसक्छ ।

यो एआई विकास गर्न प्रयोग गरिने विशाल लर्निङ (सिकाइ) मोडेलहरूलाई सञ्चालन गर्न आवश्यक उन्नत चिपहरूमा चिनियाँ कम्पनीहरूको पहुँचलाई रोक्ने कडा अमेरिकी नियमका बाबजुद भएको हो ।

डिपसिकका संस्थापक लियाङ वेनफेङले ‘उच्च–स्तरीय चिपहरूमा प्रतिबन्ध’ यसको काममा ठूलो बाधा साबित भएको स्वीकार गरेका छन् ।तर विश्लेषकहरूका अनुसार यी प्रतिबन्धहरूले अमेरिकी प्रविधि प्रभुत्व सुनिश्चित गर्ने लक्ष्य राखे पनि उनीहरूलाई पार गर्न चतुर तरिकाहरू विकास गर्न कम्पनीलाई उत्प्रेरित गरेको हुनसक्छ ।

कम्पनीले आफ्नो ठूलो लर्निङ मोडेल सञ्चालन गर्न कम–उन्नत एच८०० चिपहरू प्रयोग गरेको बताएको छ । यी चिपहरू सन् २०२३ को अन्त्यसम्म चीनलाई निर्यात गर्न अनुमति दिइएको थियो । चिपहरूमा चीनको पहुँचमा प्रतिबन्धले डिपसिक टिमलाई ठूलो कम्प्युट प्रशिक्षण लागत बिना नै प्रतिस्पर्धी हुनसक्ने बढी कुशल मोडेलहरू प्रशिक्षण गर्न बाध्य पार्यो”, जर्ज वासिङ्टन विश्वविद्यालयका जेफ्री डिङले भने ।

उनका अनुसार डिपसिकको सफलताले ‘अन्य देशलाई अग्रणी मोडेलहरू विकास गर्नबाट रोक्न अमेरिकी निर्यात नियन्त्रणहरू अप्रभावकारी छन्’ भन्ने देखाएको छ । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) जस्तो सामान्य–उद्देश्यका प्रविधिलाई बोतलमा थुन्न असम्भव छ भन्ने इतिहासले हामीलाई बताउँछ”, उनले भने ।

डिपसिक यस तरिकाले नवप्रवर्तन गर्न बाध्य भएको पहिलो चिनियाँ कम्पनी होइन । प्रविधि दिग्गज हुवावेले अमेरिकी प्रतिबन्धहरूलाई सम्बोधन गर्न आफ्नो व्यवसाय पुनः व्यवस्थित गरेपछि हालका वर्षहरूमा नाफामा फर्किएको छ ।

तर सिलिकन भ्याली र वासिङ्टनमा यस्तो आतङ्क फैलाउने यो पहिलो कम्पनी हो । उद्यम पूँजीपति मार्क एन्ड्रिसनले यसलाई ‘स्पुतनिक क्षण’ को रूपमा वर्णन गरेका छन् । स्पुतनिक संयुक्त राज्य अमेरिका र यसको प्रमुख भू–राजनीतिक प्रतिद्वन्द्वीबीचको विशाल प्रविधि अन्तरलाई उजागर गर्ने सोभियत उपग्रह प्रक्षेपणको सन्दर्भ हो ।

 लागतको अंश

वर्षौंसम्म धेरैले एआईमा अमेरिकी वर्चस्व स्वाभाविक मानेका थिए । यो क्षेत्र ओपनएआई र फेसबुक–मूल कम्पनी मेटा जस्ता ठूला सिलिकन भ्याली नामहरूको प्रभुत्वमा थियो ।

चीनले लाखौँ लगानी गरेको र सन् २०३० सम्म एआई प्रविधिमा विश्व नेता बन्ने प्रतिबद्धता जनाए पनि यसका प्रयासहरू प्रशान्तभरि चिन्ता बढाउन पर्याप्त थिएनन् । प्रविधि दिग्गज बाइडुको अर्नी बट सार्वजनिक हुँदा च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्ने प्रयास प्रभावशाली हुन सकेन । यसले ठूला प्रविधि कम्पनीहरूका लागि बेइजिङको कडा नियामक वातावरणले कुनै वास्तविक नवप्रवर्तनलाई रोक्नेछ भन्ने धेरैको विचारलाई पुष्टि गरेजस्तो देखियो ।

त्यो जो बाइडेनको प्रशासनको नेतृत्वमा कडा शासनसँग जोडिएको थियो । यसको उद्देश्य एआई ठूला भाषा मोडेलहरूलाई सञ्चालन गर्न आवश्यक उच्च–प्रविधि चिपहरूको चिनियाँ खरिदलाई सीमित गर्ने थियो ।

तर डिपसिकले ती धेरै धारणाहरूलाई उल्टाइदिएको छ । यसले नवप्रवर्तनका लागि आवश्यक कम्प्युटेशन पावर, डाटा प्रोसेसिङका बारेमा धेरैले राखेका लामो समयदेखिका धारणाहरूलाई उल्टाइदिएको छ”, येल लो स्कूलको पल त्साई चाइना सेन्टरकी कानून अनुसन्धान विद्वान् र वरिष्ठ फेलो सैम स्याक्सले भने, “त्यसैले प्रश्न के हो भने के हामी लागतको अंश र गणनाको अंशमा अत्याधुनिक एआई प्राप्त गर्न सक्छौँ ?”

डिपसिकको मोडेलले लागत कटौती र दक्षतामा जोड दिएको छ भने एआईप्रतिको अमेरिकी नीति लामो समयदेखि मापनको अनुमानमा आधारित छ ।जर्ज वासिङ्टन विश्वविद्यालयका डिङका अनुसार “राम्रो र राम्रो प्रदर्शन हासिल गर्न समस्यामा बढी र बढी कम्प्युटिङ शक्ति र प्रदर्शन थप्ने ।

यो राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टारगेट उद्यम पछाडिको केन्द्रीय विचार हो, जापानी विशाल सफ्टब्याङ्क र च्याटजीपीटी निर्माता ओपनएआईको नेतृत्वमा आर्टिफिसियल इन्टेलिजेन्सका लागि पूर्वाधार निर्माण गर्न पाँच खर्ब डलरको पहल । तर डिपसिकको आर१ च्याटबटको सफलताले नवप्रवर्तन धेरै सस्तोमा आउन सक्छ भन्ने सुझाव दिन्छ । डिपसिकका विकासकर्ताहरूले मात्र ५६ लाख डलरमा निर्माण गरिएको दाबी गरेका छन् । केहीले सावधानी अपनाउन आग्रह गर्छन् र कम्पनीका लागत–बचत उपायहरू यति नवीन नहुन सक्छ भनेर जोड दिन्छन् ।

“डिपसिक भी३को प्रशिक्षण लागत प्रतिस्पर्धात्मक भए पनि ऐतिहासिक दक्षता प्रवृत्तिभित्र पर्छन्”, आर१ को अघिल्लो संस्करणका सन्दर्भमा र्यान्ड कर्पोरेशनका एसोसिएट सूचना वैज्ञानिक लेनार्ट हेइमले भने, “एआई मोडेलहरू समयसँगै प्रशिक्षण गर्न निरन्तर सस्तो हुँदै गएका छन् – यो नयाँ होइन, हामीले पूर्वाधार, अनुसन्धान र विकासको पूर्ण लागत चित्र पनि देख्दैनौँ ।”

जागरण आह्वान 

तथापि ट्रम्पले डिपसिकलाई सिलिकन भ्यालीका लागि एक ‘जागरण आह्वान’ का रूपमा वर्णन गरेका छन् र उनीहरू ‘जित्नका लागि प्रतिस्पर्धामा लेजर–केन्द्रित’ हुन आवश्यक छ भनेका छन् ।

पूर्व अमेरिकी प्रतिनिधि मार्क केनेडीले डिपसिकको सफलताले ‘अगाडि बढ्ने निर्यात नियन्त्रणको प्रभावकारितालाई कमजोर पार्दैन’ भने ।

उनले वासिङ्टनले ‘एआई चिपहरूमा प्रतिबन्ध विस्तार’ र चिनियाँ कम्पनीहरूले कुन प्रविधिमा पहुँच पाउन सक्छन् भन्ने बारेमा बढी निगरानी गरेर अर्को कदम चाल्न सक्ने बताए ।

तर विल्सन सेन्टरको वाहबा इन्स्टिच्युट फर स्ट्राटेजिक कम्पिटिशनका निर्देशक बनेका केनेडीले यसले आफ्नै उद्योगलाई बलियो बनाउन पनि सक्ने बताए ।

“विशुद्ध रूपमा रक्षात्मक उपायहरूको सीमिततालाई ध्यानमा राख्दै यसले घरेलु एआई लगानी बढाउन, गठबन्धनलाई बलियो बनाउन र चीनको एआई इकोसिस्टममा अनैच्छिक रूपमा थप राष्ट्रहरूलाई नधकेली नेतृत्व कायम राख्न सुनिश्चित गर्न नीतिहरू परिष्कृत गर्नसक्छ”, उनले भने ।

मर्केटर इन्स्टिच्युट फर चाइना स्टडिज (एमइआरआइसिएस) का विश्लेषक रेबेका अर्सेसाटीले भने, “चीनभन्दा पछि पर्ने वास्तविक डरले अब त्यो धक्कालाई उत्प्रेरित गर्नसक्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?