काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि मार्फत नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने आधारहरु सिर्जना गर्न मन्त्रालय सक्रिय हुँदैआएको बताएका छन् ।
नेपाल चेम्बर अफ कर्मशले आज भृकुटिमण्डपमा आयोजना गरेको ‘८ औँ नेपाल चेम्बर एक्पो २०२५’ मा बोल्दै सञ्चार मन्त्री गुरुङले आइटि क्षेत्र बलियो बनाउन पुर्वाधारगत संरचना र नीतिगत संरचना निर्माणमा मन्त्रालय लागेको जानकारी दिए ।
पछिल्लो समय सूचनाप्रविधिको विकासबाटै देशको अर्थतन्त्र सुधार गर्न सकिने आधारहरु खुलाउदै मन्त्री गुरुङले भन्नुभयो, “हामी नीतिगत र सुर्वाधार निर्माण दुवैमा सक्रिय भई काम गरिरहेका छौँ ।” उहाँका अनुसार यसै वर्ष भित्र नेश्नल पार्क, आइटिपार्क लगायतका आइटि क्षेत्रको इन्फास्टक्चर निर्माण गरिनेछ ।
सरकारकाले ल्याएको अध्ययादेशले व्यवसायीहरुमा उत्साह थपेको र अर्थतन्त्रमा यसले सकरात्मक प्रभाव पार्ने उनले बताए । यहाँले डिजीटल नेपाल अभियानमा जोड दिएर राज्यको अर्थतन्त्रमा ५ प्रतिशत योगदान पुर्याउने सरकारको दिर्घकालीन लक्ष्य रहेको समेत खुलाए।