काठमाडौं। अमेरिकी संसद्ले आफ्ना कर्मचारीहरूलाई चिनियाँ आर्टिफियिसल इन्टेलिजेन्स (एआई) ‘डिपसिक’को प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
एक्सियोसको रिपोर्टका अनुसार अमेरिकी कंग्रेसले यस सम्बन्धमा एक सूचना जारी गर्दै प्रणालीमा खतरनाक सफ्टवेयर अपलोड गर्न धेरै च्याटबट प्रयोग भइरहेको जनाएको छ । यसले डिपसिकबाट हुने सम्बन्धित जोखिमहरू पनि बताएको छ । अमेरिकी कांग्रेसले एआई प्रविधिको द्रुत विकासका कारण सुरक्षा र प्रशासनिक चुनौतीहरूको सामना गरिरहेको बताएको छ।
अमेरिकी सदनका मुख्य प्रशासनिक अकिारीले हाल डिपसिकमाथि सीएओले समीक्षा गरिरहेको भन्दै प्रयोगका लागि अनुमति नरहेको बताएका छन् ।यससँगै संसद्का कर्मचारीले कुनै पनि आधिकारिक फोन, कम्प्युटर तथा ट्याब्लेटमा डिपसिक इन्स्टल गर्न पाउने छैनन् ।