काठमाडौँ। नेपाली बजारमा वनप्लसको पछिल्लो संस्करण ‘वनप्लस १३’ भित्रिएको छ।
यस स्मार्टफोनमा ६.८२ इन्चको एलटीपीओ एमोलेड डिस्प्ले, स्न्यापड्रागन एट एलिट प्रोसेसर र ट्रिपल ५० मेगापिक्सेल ह्यासलब्लेड क्यामेरा सिस्टम रहेको छ ।
६००० एमएएच सिलिकन कार्बन ब्याट्रीका लागि १०० वाट वायर्ड र ५० वाट वायरलेस फास्ट चार्जिङ सुविधा दिइएको छ । यो फोन सेतो, निलो र ओब्सिडियन रंगमा उपलब्ध रहेको कम्पनीको भनाइ छ।
यसमा फिङ्गर प्रिन्ट र फेस अनलकको सुविधा पनि छ। १६+५१२ जिबीको मूल्य एक लाख ४१ हजार ९९९ रूपैयाँ तोकिएको छ। ग्राहकले यो फोन हुकुटबाट किन्न सक्नेछन्।