Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

मस्कको भूमिका प्रमुख कार्यान्वयनकर्ता : ट्रम्प

मस्कको भूमिका प्रमुख कार्यान्वयनकर्ता : ट्रम्प
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार राष्ट्रपति कार्यालयमा फर्केपछि जारी गरिएका कार्यकारी आदेशहरूको कार्यान्वयनमा टेक अर्बपति एलन मस्काको उत्साहको प्रशंसा गर्दै उनलाई आफ्नो प्रमुख कार्यान्वयनकर्ताका रूपमा चित्रित गरेका छन् ।

फक्स न्युजमा प्रसारण गरिएको संयुक्त अन्तर्वार्तामा यी दुई व्यक्तिले एक अर्काको प्रशंसा गर्दै र ट्रम्पले आफ्नो कार्यकारी अधिकारलाई उछिन्दै गएको चिन्तालाई खारेज गर्दै पर्याप्त समय बिताए । ट्रम्पले पछिल्लो तीन हप्तामा दर्जनौँ कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन् । तीमध्ये धेरै संविधान विपरीत हुनसक्ने भनेर अदालतहरूमा चुनौती दिइएको छ ।

सन् २०२४ को राष्ट्रपतिको चुनावी अभियानमा ट्रम्पका शीर्ष दाता रहेका अर्बपति मस्कलाई सङ्घीय खर्चमा ‘फजुल खर्च, धोखाधडी र दुरुपयोग’ उन्मूलन गर्ने घोषित लक्ष्यका साथ नवनिर्मित सरकारी दक्षता विभाग (डिओजिई) को नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो ।

“डिओजिई टोलीको सबैभन्दा ठूलो कार्य भनेको राष्ट्रपतिको कार्यकारी आदेशहरू वास्तवमा कार्यान्वयन गरिएको सुनिश्चित गर्नु हो”, मस्कले फक्स न्युजलाई भने । अन्तर्वार्तामा ट्रम्पले आफ्ना नीतिहरू – सङ्घीय संस्थाहरूमाथि थोकमा आक्रमण समेत – बिना ढिलाई कार्यान्वयन गरिनुपर्ने कुरामा जोड दिए र मस्क तिनलाई अगाडि बढाउनमा महत्त्वपूर्ण रहेको बताए ।

“तपाईं एउटा कार्यकारी आदेश लेख्नुहुन्छ र तपाईं सोच्नुहुन्छ कि यो सम्पन्न भयो, तपाईंले यसलाई पठाउनुहुन्छ, यो सम्पन्न हुँदैन । यो लागु हुँदैन”, ट्रम्पले भने ।

उनका अनुसार मस्क र डिओजिई टोली अब सङ्घीय कर्मचारी तन्त्रभित्र कसैको बाधा बिना उनको प्रशासनको एजेण्डा लागू गर्न प्रवर्तन संयन्त्र बनेका छन् – अन्यथा उनीहरूले जागिर गुमाउने जोखिम छ । कुनै व्यक्ति जसले शायद यो गर्न चाहँदैनथ्यो, एक्कासि उसले यसमा हस्ताक्षर गर्दैछ”, ट्रम्पले भने ।

जनताको इच्छा

फक्स अन्तर्वार्ता प्रसारण हुनुभन्दा केही घन्टाअघि मात्र ट्रम्पले एक व्यापक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । उक्त आदेशले सङ्घीय नियामक निकायहरूमाथि सीधै ह्वाइट हाउसको नियन्त्रण विस्तार र सुदृढीकरण गर्ने प्रयास गरेको थियो ।

कानूनी चुनौतीहरूको सामना गर्नसक्ने यस आदेशले सिक्युरिटिज एन्ड एक्सचेन्ज कमिशन (एसइसी) जस्ता एजेन्सीहरूलाई समीक्षाका लागि ह्वाइट हाउसमा नियामक प्रस्तावहरू पेस गर्न बाध्य पार्नेछ ।

“सङ्घीय सरकार वास्तवमै अमेरिकी जनताप्रति जवाफदेही हुनका लागि व्यापक कार्यकारी शक्ति प्रयोग गर्ने अधिकारीहरूलाई जनताद्वारा निर्वाचित राष्ट्रपतिद्वारा निरीक्षण र नियन्त्रण गरिनुपर्छ”, कार्यकारी आदेशमा उल्लेख छ ।

ट्रम्पको कार्यकारीको भूमिकामा मस्क हाँसे, आफूलाई ‘टेक्नोलोजिस्ट’ भनेर वर्णन गरे र अन्तर्वार्ताका लागि ‘टेक सपोर्ट’ लेखिएको टी–शर्ट लगाए ।

मस्कले आफूले अमेरिकी राष्ट्रपति जस्तै व्यवहार गरिरहेको भन्ने आलोचनालाई खारेज गरे । उनले ट्रम्पको क्याबिनेटका कुनै पनि सदस्य निर्वाचित नभएको र आफूले आफ्नो भूमिकालाई ट्रम्पको एजेण्डालाई सहज बनाउने रूपमा हेर्ने बताए ।

“राष्ट्रपति जनताका निर्वाचित प्रतिनिधि हुन्, त्यसैले यसले जनताको इच्छाको प्रतिनिधित्व गर्दछ”, मस्कले व्याख्या गर्दै भने, “र यदि कर्मचारी तन्त्रले जनताको इच्छासँग लडिरहेको छ र राष्ट्रपतिलाई जनताले चाहेको कुरा कार्यान्वयन गर्नबाट रोकिरहेको छ भने हामी लोकतन्त्रमा नभई कर्मचारी तन्त्रमा बाँचिरहेका छौँ ।”

राष्ट्रपति एलन ?

ट्रम्प प्रशासनमा मस्कको प्रमुख भूमिकाले ह्वाइट हाउसमा वास्तवमा कसको नियन्त्रण छ भन्ने सार्वजनिक प्रश्न उठेको छ । यद्यपि रिपब्लिकन राष्ट्रपतिले दुई जनाबीच खराब सम्बन्धको अफवाहलाई तुरुन्तै खारेज गरे ।

“वास्तवमा एलनले मलाई फोन गर्नुभयो”, ट्रम्पले भने, “तपाईंलाई थाहा छ, तिनीहरूले हामीलाई अलग गर्ने प्रयास गरिरहेका छन् ।’ मैले भनेँ, ‘बिल्कुल ।’”

तर ट्रम्पले आफू र मस्कबीचको सम्बन्ध बिगार्ने कथित प्रयासहरूबाट अमेरिकीहरू मूर्ख नबन्ने विश्वास व्यक्त गरे ।

“उनीहरू यसमा राम्रो छन् भन्ने मलाई लाग्थ्यो”, मिडियालाई उद्धृत गर्दै ट्रम्पले भने, “उनीहरू वास्तवमा यसमा नराम्रो छन्, किनभने यदि तिनीहरू यसमा राम्रो थिए भने, म कहिल्यै राष्ट्रपति हुने थिइनँ, जनता स्मार्ट छन्, उनीहरूले बुझ्छन् ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?