काठमाडौँ । नेपालको बहुप्रतिक्षित इभी कार प्रोटन इमास ७ आज काठमाडौँबाट आफ्नो इमास ७ पान नेपाल भ्रमण सुरु गर्दैछ । यो भ्रमण मलेसियाली इमास ७ भ्रमणको विस्तार हो ।
यस भ्रमणका क्रममा नेपालका ७ प्रदेशहरूमा प्राविधिक नवप्रवर्तन र अन्वेषणको रोमाञ्चक यात्रालाई प्रदर्शित गर्नेछ । यो भ्रमणले इमास ७ को नवीन प्रविधि र अतुलनीय ड्राइभिङ अनुभव मात्र प्रदर्शन गर्दैन, यसले दिगोपन र पर्यावरणमैत्री गतिशीलता र समाधानहरूप्रति ब्रान्डको प्रतिबद्धतालाई पनि देखाउनेछ ।
कम्पनीले प्राइम र प्रिमियम गरी दुई भेरियन्टका गाडी सार्वजनिक गरेको छ । प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसले ३४५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ । त्यस्तै प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री छ, जसको रेन्ज ४१० किलोमिटरसम्मको छ ।
गाडीमा नयाँ पुस्ताको सर्ट ब्लेड ब्याट्री प्रविधि जडान भएको छ, जुन यसअघिको एलएफपी ब्याट्रीभन्दा प्रभावकारी भएको बताइन्छ । यसमा विन्डशिल्ड हेड–अप डिस्प्ले र फ्रन्ट भेन्टिलेटेड सिट जस्ता आधुनिक सुविधा पनि छन् । यसमा प्रयोग भएको १२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणालीले सवारीलाई उच्च कार्यसम्पादन र दक्षता प्रदान गर्ने कम्पनीको दाबी छ ।