काठमाडौँ। नेपालका लागि दिपल, नामी र सेरेस ईभी गाडीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आइतबारदेखि काठमाडौंको नक्सालमा ईभी टेस्ट ड्राइभ (ईभी कार्निभल) सुरु गरेको छ ।
नेपालका लागि दिपल, नामी र सेरेस ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले काठमाडौं नक्सालस्थित अमरपाली बैंक्वेट लगायत देशभरका सोरुमहरुबाट ईभी कार्निभल सुरु गरेको हो । आइतबार देखि शुरु भएको र बुधबारसम्म चल्ने नेपालकै ठूलो ईभी कार्निभलमा ग्राहकहरुले दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सक्ने छन् ।
एमएडब्लु वृद्धि ईभी कार्निभलमा ग्राहकले हरेक ईभी मोडलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउने छन् । ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउने छन् । यसका अलावा हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार पाउने छन् ।
कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप प्रदर्शनीमा छ । ग्राहकले १० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कार्निभल अवधिभरमा हरेक दिन बुकिङ गर्ने एक जोडी ग्राहकले नगरकोटस्थित एक भिल्लामा बस्ने र एक ग्राहकले आईफोन १६ प्रो म्याक्स पाउने कम्पनीले उल्लेख गरेको छ ।