काठमाडौँ। वर्ल्डलिंक कम्युनिकेसनले नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० भाग्यशाली विजेतालाई आइफोन १६ उपहार दिने घोषणा गरेको छ ।
वर्ल्डलिंकले ग्राहक घरधुरी संख्या १० लाख पुग्न लागेको अवसरमा सेवा लिने र नवीकरण गर्ने हरेक दिन एक जना ग्राहकले आइफोन पाउने जनाएको छ । १० लाख घर धुरीसम्म आफ्नो सेवा विस्ता र कम्तीमा ५० लाख नागरिकको संख्यामा सेवा पुगेकोमा आदारणीय ग्राहक महानुभावहरुको अतुलनीय योगदान रहेको वर्ल्डलिंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले प्रदान गर्दै आएको गुणस्तरीय सेवा र ग्राहकहरुको उल्लेख्य सहभागिताले स्थापनाको छोटो समयमा नै हामी १० लाख घर धुरीमा पुग्न सफल भएका छौ, सो अवसरमा नयाा सेवा लिने र नविकरण गर्ने कम्तिमा १० जना सेवा ग्राहीलाई आईफोन १६ उपहार घोषणा गर्न पाउादा खुसी छौं ।’