काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुक ‘ह्याक’ भएको भएको छ ।
करिब १५ लाख फलोअर भएको डा. बाबुराम भट्टराई नाम गरेको फेसबुक पेज मंगलबार ह्याक भएको हो । भट्टराईको निजी सचिवालयका अनुसार अहिले भने उक्त फेसबुक पेज रिकभर भइसकेको छ । निजी सचिवालयका आईटी र मिडिया विभाग हेर्ने अमित खनालले उक्त पेजबाट ह्याकरले पुराना पोस्टमा अनधिकृत रूपमा कमेन्ट गरिएको थियो ।
ती कमेन्टहरूलाई हटाउने काम भइरहेको उनले बताए । त्यस्तै बाबुराम भट्टराई डट कम वेबसाइट पनि नवीकरण गरेर चलाइने उनले जानकारी दिए । लामो समयदेखि नचलाइएकाले आफूहरूको नियन्त्रणमा नरहेको पनि उनले बताए ।