काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी १५ अल्ट्रा नेपालमा भव्य रूपमा सार्वजनिक गरेको छ ।
भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजित ‘साओमी प्रेजेन्ट सुशान्त केसी लाइभ इन नेपाल’ कन्सर्टका अवसरमा उक्त स्मार्टफोन सार्वजनिक गरिएको हो ।
साओमी १५ अल्ट्रा लाइका सुमिलक्स अप्टिकल लेन्सका साथमा डिजाइन गरिएको कम्पनीले जनाएको छ । यसमा लाइका १ इन्च मुख्य सेन्सर र २०० मेगापिक्सेलको टेलिफोटो लेन्सले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ ।
शाओमी १५ अल्ट्रामा शाओमी शिल्ड ग्लास २.० प्रयोग गरिएको छ जसले यस स्मार्टफोनको स्थायित्व र ड्रप–रेजिस्ट्यान्स प्रदान गर्छ । ६.७३–इन्च डब्ल्यूक्यूएचडी+एमोलेड प्यानल, ३२०० निट्स पीक ब्राइटनेस र १–१२० हट्र्ज अडाप्टिभ रिफ्रेस रेटले प्रयोगकर्तालाई इमर्सिभ भिउइङ प्रदान गर्छ ।
लाईकाको सुमिलक्स लेन्सको माध्यमबाट उत्कृष्ट नाइट सट्स क्याप्चर गर्न सकिन्छ भने लाईका २०० मेगापिक्सेल अल्ट्रा टेलिफोटो लेन्सले टाढाका तस्बिरहरू पनि उत्कृष्ट रूपमा खिच्न सकिन्छ ।