काठमाडौं। नेपाली व्यवसायी नामी बराल ‘१०० ग्लोबल विमिन इन एआई’ सूचीमा परेकी छिन्।
‘१०० डाभोस विमिन’ले तयार पारेको सूचीमा उनी कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा प्रभावशाली १ सय महिलामध्ये एक रूपमा चयन भएकी हुन्।
अमेरिकाको न्युयोर्कमा उनले सञ्चालन गरिरहेकी कम्पनी ‘निउरल’ पेरोल र पेमेन्ट प्रणालीमा एआई समाधान विकासमा सक्रिय छ। यसअघि उनी ‘५० प्रभावशाली महिला २०८०’ सूचीमा पनि परेकी थिइन्। उनले न्युयोर्कमा प्रविधि कम्पनी ‘निउरल’ सञ्चालन गरिरहेकी छिन् । उनी निउरलको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।