काठमाडौं। विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेका बेला काठमाडौंको ठुलोभर्याङमा जिरो इमिसन राइड एन को १४औं अधिकृत डिलर शोरूम एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ।
उद्घाटन समारोहमा राइडर्स युनियन नेपाल का अध्यक्ष माधव प्रसाद पाण्डे प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए। उनले वातावरणमैत्री प्रविधिको प्रयोग र विद्युतीय सवारीको प्रवर्द्धन आवश्यक रहेको बताएका छन्।
शोरूम उद्घाटन कार्यक्रममा जिरो इमिसन राइड एन का प्रबन्ध निर्देशक दुर्बस नगरकोटी, सिटिजन्स बैंक लिमिटेड की शाखा प्रबन्धक रञ्जना पन्नाचन, अटो व्यवसायी उत्तम गिरीसहित उद्योग, बैंकिङ र व्यापार क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
शोरूममा ग्राहकका लागि फाइनान्स, एक्सचेन्ज, निःशुल्क चार्जिङ सेवा, र टेस्ट राइडको सुविधा उपलब्ध छ। यहाँ लुयान र सारथी इकुटर ब्रान्डका स्कुटरहरू बिक्रीमा छन्, जसमा डिजिटल डिस्प्ले, की–लेस स्टार्ट, एन्टि–थेफ्ट अलार्म, युएसबी चार्जिङ पोर्ट, ३ मोड ड्राइभिङ, डिस्क ब्रेक, र फराकिलो बुट स्पेस जस्ता अत्याधुनिक फिचरहरू छन्।
नेपालमा ६ वर्षदेखि बिक्री हुँदै आएको लुयान स्कुटर ब्रान्ड सबैभन्दा धेरै सर्भिस सेन्टर र चार्जिङ नेटवर्क भएको विश्वसनीय ब्रान्डका रूपमा स्थापित भइसकेको छ।