Trending:

एनसेलको ग्राहक सेवा विस्तार, नयाँ अवधारणासहित सप इन सप सञ्चालनमा महालक्ष्मी विकास बैंकद्वारा फोन पे सँगको सहकार्यमा ‘स्क्यान टु क्यास’ सेवा सुरु साइमेक्स इंकद्वारा देशभर बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश ‘ह्याक फर नेपाल’ ह्याकाथन जेठ १५ देखि एनसीआईटीमा आयोजना हुँदै काइयी एक्सचेन्ज कार्निभल २०८२ वैशाख २६ देखि थापाथलीमा सुरु हुँदै चितवनमा जी मोटर्सको नयाँ शोरुम, स्काईवेल गाडीको बिक्री सुरु ग्लोबल आईएमई बैंकले अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुरू गर्‍यो नेटवर्क नआउने समस्याबाट हैरान? अपनाउनुहोस् यी ७ प्रभावकारी उपाय गुगलविरुद्धको मुद्दाले मोजिल्ला फायरफक्स संकटमा डिजिटल नवप्रवर्तनका लागि ग्लोबल आइएमईको ह्याकाथन सम्पन्न काईयी नेपालले ल्यायो इभी अफर, बुकिङमा आकर्षक उपहार र बीमा/ट्याक्स छुट आईफोन अब भारतमा, एप्पलले चीनबाट उत्पादन सार्दै गुगलको जेमिनी एआई अब आइफोनमा, एप्पल र गुगलबीच सम्झौता सम्भव टिकटकले नेपालमा ल्यायो ‘फ्यामिली पेयरिङ’ फिचर, किशोरहरूका लागि सुरक्षित इन्टरनेट प्रयोगलाई बढावा सर्केगाडमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध, जनजीवन प्रभावित काठमाडौंको ठुलोभर्‍याङमा नयाँ इलेक्ट्रिक स्कुटर शोरूमको उद्घाटन आईटी प्लाजामा ८० प्रतिशत छुट र लक्की ड्र जित्ने मौका: महोत्सवको शुरुवात नेपाल टेलिकमको आग्रह: आफ्नै नाममा दर्ता भएको सिमकार्ड मात्र प्रयोग गर्नुस् डाइनामिक टेक्नोसफ्ट १६औँ वर्षमा, अन्तर्राष्ट्रिय सेवा विस्तारको तयारी काठमाडौंमा युबुकन एसिया २०२५ आयोजना हुने मे महिनादेखि स्काइप बन्द टेलिकमको फोरजी संजालले छोयो गुराँस गाउँपालिकाको डाँडाकाँडा डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा पठाएको दक्षिण कोरियाको आरोप ‘डिजिटल कर्णाली’ अभियानलाई प्राथमिकता, विद्यालयमा डिजिटल शिक्षा सुरु हुने तयारी एनसेललाई डाटा सेन्टर र क्लाउड सेवामा सरकारी मान्यता, पहिलो सूचीकृत कम्पनी भिभो वाई २९ नेपालमा सार्वजनिक चीनमा पहिलोपटक रोबोट हाफ–म्याराथन सम्पन्न राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको आवेदन दिने भोलि अन्तिम दिन ब्रह्माण्डमा जीवनको संकेत सहितको अर्को ग्रह भेटियो सरकारी वेबसाइटहरू ठप्प, सेवाग्राही हैरान इन्स्टाग्रामले ल्यायो ‘लक्ड रील्स’ फिचर तीन दिन नचलाए फोन आफैं रिस्टार्ट हुन्छ: गुगलको नयाँ सुरक्षा फिचर डिजिटल अपराधको नयाँ शैली: राहुल बुढाद्वारा चार हजार इसेवा अकाउन्ट ह्याक जुकरबर्गको घोषणा: फेसबुक सामाजिक सञ्जाल होइन, एआई मनोरञ्जन प्लेटफर्म हो स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडलाई पीसीआई–डीएसए प्रमाणीकरण प्राप्त इन्फोडेभलपर्स र वन पोइन्ट फाइनान्सियल सर्भिसेजबीच नयाँ रणनीतिक सहकार्यको शुरु बीवाईडी ईभीमा अब गाडीसमेत १० वर्षको वारेन्टी क्यान महासंघ र मदन भण्डारी विश्वविद्यालयबीच दीर्घकालीन सहकार्य इलेक्ट्रिक स्कुटर खरिद गर्दा ३६ हजार रुपैयाँसम्म अनुदान पाउने त्रिविमा प्रमाणपत्रका लागि अनलाइनबाटै निवेदन दिने सकिने अब घरबाटै नागरिकता प्रमाणपत्रको सिफारिस लिन सकिने सामसङको ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा चितवनमा दिपल ईभीको औपचारिक बिक्री सुरु बागमतीमा यातायात राजस्व भुक्तानी विद्युतीय माध्यमबाट हुने इन्टरनेट पहुँच विस्तारका लागि शुल्क घटाउन सुझाव १०० ग्लोबल वुमन इन एआईको सूचीमा नेपालकी नामी बराल २० किलोसम्मको सामान उठाउने र वृद्धको सेवा गर्ने मानवजस्तै रोबोट तयार सूर्यज्योति लाइफले ‘केयर्स कार्ड’ र ‘ई–कर्जा सेवा’ सुरु गर्‍यो नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु
अपडेट

‘ह्याक फर नेपाल’ ह्याकाथन जेठ १५ देखि एनसीआईटीमा आयोजना हुँदै

‘ह्याक फर नेपाल’ ह्याकाथन जेठ १५ देखि एनसीआईटीमा आयोजना हुँदै
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

 काठमाडौँ। नेपाल स्टुडेन्ट्स आईटी क्लबले ‘ह्याक फर नेपाल’ नामक ४८ घण्टे ह्याकाथन आयोजना गर्ने भएको छ।

यो कार्यक्रम जेठ १५, १६ र १७ गते नेपाल कलेज अफ इन्फर्मेसन एन्ड टेक्नोलोजी (एनसीआईटी), बालकुमारीमा हुने तय भएको छ। ‘४८ घण्टा, एक लक्ष्य, अनगिन्ती नवप्रवर्तन’ भन्ने नारासहित आयोजना हुने यस ह्याकाथनको मुख्य उद्देश्य नेपाली युवाहरूलाई प्रविधिको प्रयोगमार्फत समाजका विविध समस्याहरू समाधान गर्न प्रेरित गर्नु हो।

प्रतियोगितामा सहभागी हुने टोलीहरूले चारवटा मुख्य क्षेत्रमा—स्वास्थ्य सेवा, कृषि, खुला नवप्रवर्तन र ई-शासन—बाट कुनै एक विषय रोजेर त्यसमा आधारित समस्या समाधानको नयाँ उपाय वा परियोजना विकास गर्नु पर्नेछ। कार्यक्रम अवधिभर टोलीहरूले अवधारणा निर्माण, प्रोटोटाइप विकास र समाधान प्रस्तुतिकरणका चरणहरूमा काम गर्नेछन्। उत्कृष्ट प्रोजेक्ट तयार गर्ने टोलीले १ लाख ६० हजार रुपैयाँसम्मको पुरस्कार जित्ने अवसर पाउनेछन्।

नेपाल विद्यार्थी संघ, एनसीआईटी यस ह्याकाथनमा सह–आयोजकको रूपमा आबद्ध रहेको छ। आयोजकको भनाइमा, यस ह्याकाथनले युवाहरूमा नवप्रवर्तनशील सोच विकास गर्न, स्थानीयस्तरमै प्राविधिक समाधानहरू सिर्जना गर्न र दीर्घकालीन सामाजिक तथा प्राविधिक समस्याहरू समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रमले देशभित्रै युवाहरूलाई सिर्जनशील कार्यमा लाग्न प्रोत्साहन गर्ने र नेपालमा नवप्रवर्तनलाई व्यवहारमा उतार्ने उद्देश्य राखेको आयोजक क्लबको भनाइ छ। यो ह्याकाथन प्रविधिको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने यात्राको सुरुआतको रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?