Trending:

टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल
अपडेट

डिजिटल ट्यालेन्टका लागि आवेदन खुला

डिजिटल ट्यालेन्टका लागि आवेदन खुला
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं। हुवावेले नेपालले सूचना प्रविधि र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको ‘सिड्स फर द फ्युचर, २०२५’का लागि आवेदन खुला गरेको छ ।

‘बिल्डिङ अ फुल्ली कनेक्टेड, इन्टेलिजेन्ट वल्र्ड वाई कल्टिभेटिङ डिजिटल ट्यालेन्ट’ नारासहित सुरु भएको उक्त कार्यक्रम नेपालका विभिन्न कलेज तथा विश्वविद्यालयमा स्नातक तह अध्ययनरत सूचना प्रविधिमा रुचि राख्नेका लागि लक्षित गरिएको जनाइएको छ ।

विद्यार्थीलाई अन्तरराष्ट्रियस्तरसम्मको पहुँच स्थापित गर्न सघाउने उक्त कार्यक्रममा सहभागी हुन योग्यता पुगेका इच्छुक विद्यार्थीले यही वैशाख २५ गतेदेखि जेठ ११ गते (मे ७ तारिखदेखि मे २५) सम्म आवेदन दिनसक्ने हुवावे नेपालले जनाएको छ ।

“हुवावेको यो कार्यक्रम सूचना प्रविधिमा रुचि राख्ने स्नातक तहमा अध्ययनरत विद्यार्थीका लक्षित गरिएको छ”, हुवावेले भनेको छ, “इनोभेसन, डिजिटलाइजेशन, दिगोपन, उद्यमशीलता तथा सांस्कृतिक आदानप्रदानमा रुचि राख्नेका लागि यो कार्यक्रम तयार पारिएको हो ।”

नेपालमा आयोजना हुन लागेको यो छैटौँ संस्करणको कार्यक्रम हो । हुवावेले सन् २०१९ देखि नेपालमा यो कार्यक्रम सञ्चालन गरिसकेको छ । नेपालबाट हालसम्म यस कार्यक्रममा १५० जना सहभागी भइसकेका छन् ।

आवेदकहरुमध्येबाट निर्णायक मण्डलले विभिन्न चरणमार्फत सहभागी छनोट गर्छन् । छनोट भएका विद्यार्थीहरु नेपालमा आयोजना हुने विभिन्न कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनेछन् । त्यस अवसरमा उनीहरु कार्यशाला, अध्ययन भ्रमण, अन्तर्वार्ता र प्रस्तुतीकरणलगायत चरणमा सहभागी हुनेछन् ।

विभिन्न चरणपछि छनोट हुने उत्कृष्ट विद्यार्थीले चीनमा आयोजना हुने प्रशिक्षण तथा क्षेत्रीय प्रतिस्पर्धामा भाग लिने अवसर प्राप्त गर्नेछन् । क्षेत्रीय प्रतिस्पर्धामा उत्कृष्ट हुने विश्वव्यापी प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । चीनमा रहँदा उनीहरुले अत्याधुनिक प्रविधिसम्बन्धी कार्यशालामा भाग लिनेछन् ।

उनीहरुले आफ्नो उद्यमशीलतासम्बन्धी अवधारणा सुनाउने अवसरका साथै हुवावेका तथा अन्य अन्तरराष्ट्रिय विज्ञमार्फत परामर्श प्राप्त गर्नेछन् । चीनमा आयोजना हुने कार्यक्रममा १०० भन्दाबढी देशका सूचना प्रविधिमा रुचि राख्ने व्यक्तिहरुसँग विद्यार्थीहरुले साक्षात्कार गर्ने अवसर प्राप्त गर्नेछन् । डिजिटल प्रतिभा विकासमा सघाउन, भविष्यका डिजिटल क्षेत्रका नेतृत्वकर्तालाई प्रविधि र अन्तर–सांस्कृतिक अनुभव प्रदान गर्न कार्यक्रम सफल हुने विश्वास गरिएको छ ।

कार्यक्रममा सहभागीहरुले अन्तरराष्ट्रिय ब्राण्डसँग काम गर्न पाउने अवसर प्राप्त गर्नेछन् । हुवावेका अनुसार सहभागीहरुले कृत्रिम बौद्धिक (आर्टिफिसियल इन्टेलिजेन्स), फाइभजी, ग्रीन टेक र पछिल्लो समय सूचना प्रविधिमा विकसित जानकारी हासिल गर्नेछन् । सन् २००८ मा थाइल्याण्डबाट सुरु भएको यस कार्यक्रमबाट हालसम्म १४२ देशका १९ हजारभन्दा बढी विद्यार्थीहरूलाई लाभान्वित भइसकेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?