Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अटो टेक

चितवनमा हुन्डाईको नयाँ क्रेटा इभीको सार्वजनिक समारोह सम्पन्न

चितवनमा हुन्डाईको नयाँ क्रेटा इभीको सार्वजनिक समारोह सम्पन्न
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

चितवन। नेपालमा हुन्डाई सवारी साधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भरतपुरमा नयाँ क्रेटा इभी (इलेक्ट्रिक भेहिकल) सार्वजनिक गरेको छ।

पिनाकल ट्रेडिङ प्रालिमा आयोजित विशेष अन्तरक्रिया कार्यक्रममा गाडी सार्वजनिक गर्दै ५ युनिट ग्राहकलाई हस्तान्तरण गरिएको हो। सो कार्यक्रम हुन्डाईको “ईभी एक्स्पान्सन” अभियानअन्तर्गत आयोजना गरिएको हो, जसको उद्देश्य विद्युतीय सवारी सम्बन्धी जनचेतना फैलाउने र ग्राहकहरूको शंका समाधान गर्ने रहेको छ। कार्यक्रममा भरतपुर क्षेत्रका ग्राहक, डिलर प्रतिनिधि, सञ्चारकर्मी र कम्पनीका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

ग्राहकको विश्वास जित्दै क्रेटा इभी
कम्पनीका अनुसार, नयाँ क्रेटा इभीको आगमनले विद्युतीय सवारी साधनप्रति रहेको आम जनमानसको भ्रम हटाउनेछ। धेरै ग्राहकहरूलाई इभी खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क, र दीर्घकालीन ब्रान्ड सपोर्टप्रति शंका हुने गर्छ। तर, हुन्डाई नेपालले यस्ता सबै आशंका समाधान गर्दै देशमै आइसिई (ICE) तथा पेट्रोल मोडेल निर्माण थालिसकेको जनाएको छ। क्रेटा इभी र आइसिई दुवै मोडेल एउटै प्लेटफर्ममा आधारित भएकाले सेवा, मर्मत र पार्ट्स आपूर्तिमा कुनै समस्या नहुने कम्पनीको दाबी छ।

इभी इकोसिस्टम बलियो बनाउन चार्जिङ नेटवर्क विस्तार
विद्युतीय सवारीको सहज प्रयोगका लागि हुन्डाईले ‘रि–ल्याक्स’ चार्जिङ नेटवर्क पनि विस्तार गरिरहेको छ। हालसम्म देशभर ६६ वटा चार्जिङ स्टेशन (डीसी र एसी) स्थापना भइसकेका छन्, जसले गर्दा ग्राहकहरूले देशका विभिन्न स्थानहरूमा सहज चार्जिङ सुविधा पाउन सक्छन्।

कम्पनीले उल्लेख गरेअनुसार, रि-ल्याक्स नेटवर्क विस्तारका साथै इभी सपोर्ट प्रणाली बलियो बनाइँदैछ, जसमा ग्राहकलाई सेवा, पार्ट्स र टेक्निकल सपोर्ट कुनै कमी नहुने आश्वासन दिइएको छ।

डिलरहरूसँग प्रत्यक्ष संवाद
नेपालका विभिन्न सहरमा ईभी प्रवर्द्धन गर्न कम्पनीका उच्च व्यवस्थापन टोलीले डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। सोही क्रममा वैशाख २९ गते भरतपुरको पिनाकल ट्रेडिङमा आयोजना गरिएको कार्यक्रममा नयाँ क्रेटा इभी सार्वजनिक गरियो।

कार्यक्रममा सहभागीहरूले नयाँ इभी मोडलप्रति उत्साहजनक प्रतिक्रिया दिएका छन्। कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै क्रेटा इभीको विशेषता, मूल्य, सेवा योजना र चार्जिङ सुविधाबारे विस्तृत जानकारी दिएका थिए।

हुन्डाई नेपालको प्रतिबद्धता
हुन्डाई नेपालका अनुसार, कम्पनी सधैँ ग्राहक केन्द्रित सेवा र प्रविधिमा अग्रणी रहँदै आएको छ। गुणस्तरीय सेवा, प्रतिस्पर्धी मूल्य र देशव्यापी नेटवर्कका कारण हुन्डाई आज नेपालको अग्रणी अटो ब्रान्डहरूमध्ये एक बनेको छ।

भविष्यमा पनि विद्युतीय सवारी साधनको पहुँच बढाउने र ग्राहकलाई अझ सहज तथा भरपर्दो सेवा दिने लक्ष्यका साथ कम्पनीले यस्ता कार्यक्रम देशभर सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?