काठमाडौं। नेपाली स्मार्टफोन बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी ५० लाइट छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ। शक्तिशाली ब्याट्री, उत्कृष्ट प्रदर्शन र आकर्षक डिजाइनसहित यो फोनले नेपाली उपभोक्तामाझ विशेष चर्चा पाएको छ।
जानकारीअनुसार, यसमा ६५०० एमएएच क्षमताको ब्लु वल्ट ब्याट्री हुनेछ, जसले ९० वाटको फ्ल्यास चार्ज सपोर्ट गर्नेछ। यस्तो ब्याट्रीले लामो समयसम्म चल्ने क्षमता राख्ने बताइएको छ।
फोनको प्रोफाइल मात्र ७.७९ एमएमको हुने अनुमान छ, जसले यसलाई अल्ट्रा–स्लिम बनाउनेछ। प्रोसेसरतर्फ, यसमा मीडियाटेक डाइमेन्सिटी ६३०० वा स्न्यापड्रागन ६८५ चिपसेट रहने चर्चा छ, जसले गेमिङ र मल्टिटास्किङ दुबैमा सहजता दिनेछ।
फोनमा १२० हर्जको पि–ओलेड डिस्प्ले, अल्ट्रा–न्यारो बेजल्स, र १८०० निट्सको पिक ब्राइटनेसजस्ता विशेषताहरू हुनेछन्। क्यामेरामा ५० एमपी सोनी मुख्य क्यामेरा, औरा लाइट पोर्ट्रेट सुविधा, ३२ एमपी फ्रन्ट क्यामेरा र एआई इमेज सम्पादन टुल्स रहने बताइएको छ।
यी सबै विशेषतासहित भिभो भी ५० लाइट नेपाली बजारमा स्टाइल, शक्ति र प्रविधिको नयाँ संयोजनका रूपमा आउने अपेक्षा गरिएको छ।