काठमाडौँ। सरकारले काठमाडौँमा सूचना प्रविधि (आईटी) पार्क निर्माण गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन्।
बजेट अनुसार, मध्य पहाडी लोकमार्गसँग जोडिएको क्षेत्रमा नयाँ डाटा सेन्टर निर्माण गरिनेछ। हटौँडास्थित डिजास्टर रिकभरी सिस्टमको स्तरोन्नति गरिने र कोहलपुरमा निर्माणाधीन डाटा सेन्टरको काम अघि बढाइने पनि अर्थमन्त्री पौडेलले बताएका छन्।