Trending:

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम
अटो टेक

टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा ब्रिद इन

टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा ब्रिद इन
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं।  विश्वव्यापी प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा सहयोग पुर्‍याउने उद्देश्यले टिकटकले नयाँ गाइडेड मेडिटेसन सुविधा सार्वजनिक गरेको छ।

यो नयाँ इन(एप टुल प्रयोगकर्ताहरूलाई ध्यान र मानसिक सन्तुलन अभ्यास गर्न सजिलो बनाउने उद्देश्यले ल्याइएको हो। साथै, टिकटकले ४२.३ मिलियनको ‘ग्लोबल मेन्टल हेल्थ एजुकेशन फन्ड’ समेत घोषणा गरेको छ, जसले विश्वभरका विश्वसनीय संस्थाहरूलाई सहयोग पुर्‍याउनेछ।

विद्यालय जीवनमा रहेका किशोरकिशोरीदेखि दैनिक जिम्मेवारी सम्हालिरहेका युवापुस्तासम्मका सबै प्रयोगकर्ताले यो नयाँ टुल प्रयोग गरेर सजिलो रूपमा मेडिटेसन गर्न सक्नेछन्। टिकटकको यो पहल डिजिटल वेलनेस र प्रविधिमार्फत सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धताको एक महत्वपूर्ण पाटो हो।

मीठो निद्रा र मानसिक स्वास्थ्यमा योगदान
टिकटकले पहिलेबाट सञ्चालनमा रहेको क्भिभउ ज्यगचक फिचरलाई विस्तार गर्दै अब त्यसमा ‘मेडिटेसन’ सुविधा पनि समावेश गरिएको छ। यस सुविधामार्फत प्रयोगकर्ताहरूलाई राति सुत्नुअघि शान्त र सन्तुलित महसुस गराउने उद्देश्यले गाइडेड मेडिटेसन उपलब्ध गराइएको छ।

अनुसन्धानहरूले मेडिटेसनले निद्राको गुणस्तर सुधार गर्ने देखाएका छन्। त्यसैले अब यो सुविधा सबै उमेरका प्रयोगकर्तालाई उपलब्ध गराइएको छ। १८ वर्ष मुनिका प्रयोगकर्ताहरूका लागि यो सुविधा स्वतः सक्रिय हुन्छ। राति १० बजेपछि किशोरकिशोरीको फर यु फिडमा मेडिटेसन देखाइन्छ र उनीहरूले अझै स्क्रोल गर्न जारी राखेको खण्डमा मेडिटेसनको दोस्रो स्क्रिन देखिन्छ जसलाई भने सजिलै हटाउन सकिँदैन।

हालसालै गरिएको आन्तरिक परीक्षण अनुसार ९८५ किशोरकिशोरीले यो मेडिटेसन फिचर राख्न रोजेका छन्। वयस्क प्रयोगकर्ताले आफ्नो चाहना अनुसार Screen Time सेटिङमा गई Sleep Hours सक्रिय गर्न सक्छन्।

आजको व्यस्त दुनियामा आराम धेरै जरुरी हुन्छ। विशेषज्ञहरूले तनाव कम गर्न र ध्यान केन्द्रित गर्न दिनमा कम्तीमा १० मिनेट मेडिटेसन गर्न सुझाव दिन्छन्। JAMA Internal Medicine And Harvard Health का अध्ययन अनुसार सुत्नुअघि १०(१५ मिनेट ध्यान गर्नाले निद्रा सुधार हुने, चिन्ता घटाउने र भावनात्मक सन्तुलन कायम गर्न सहयोग गर्दछ।

विश्वव्यापी मानसिक स्वास्थ्य शिक्षामा २.३ मिलियन डलरको लगानी
इन(एप सुविधासँगै टिकटकले २२ देशका ३१ मानसिक स्वास्थ्य सम्बन्धी संस्थाहरूसँग साझेदारी गर्दै ४२. ३ मिलियन बराबरको विज्ञापन क्रेडिट दिने घोषणा गरेको छ। यो कोष र टिकटक(नेतृत्वको प्रशिक्षणहरूले साझेदारहरूलाई व्यापक दर्शकहरूमा पुग्नेगरी आकर्षक र विश्वसनीय मानसिक स्वास्थ्य सम्बन्धी कन्टेन्ट सिर्जना गर्न मद्दत गर्नेछ।

वेल-बीइंगप्रति निरन्तर प्रतिबद्ध
गाइडेड मेडिटेसन सुविधा र मानसिक स्वास्थ्य फन्डले टिकटकको डिजिटल वेल-बीइंग र सामाजिक प्रभावप्रतिको दीर्घकालीन प्रतिबद्धता देखाउँछ। टिकटकले अहिले शैक्षिक सामग्री, सुरक्षा उपकरणहरू र अभिभावकीय नियन्त्रण सुविधा पनि थप्दै छ जसले विशेषगरी युवा प्रयोगकर्ताहरूका लागि स्वस्थ डिजिटल व्यवहारलाई प्रवर्द्धन गर्छ।  जस्ता च्यारिटी अभियानहरू, STEM अध्ययनका सामग्रीहरू वा हराएका बालबालिकाका लागि AMBER अलर्टजस्ता पहलमार्फत टिकटकले मनोरञ्जनसँगै सामाजिक प्रभाव पनि पुर्‍याउने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?