Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अपडेट

स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा: रेड्मी नोट १४ प्रो+ ५जी

स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा: रेड्मी नोट १४ प्रो+ ५जी
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं । टिकाउपन भन्नासाथ धेरैले सोच्ने गर्छन धेरै वर्ष चल्ने फोन तर आजको डिजिटल युगमा टिकाउपनको परिभाषा केवल लामो समयसम्म चल्ने क्षमता मात्र होइन भन्ने बुझ्नु जरुरी छ।

यो अब भौतिक प्रतिरोधदेखि लिएर द्रुत प्रदर्शन, कार्यकुशलता, र प्रयोगकर्ताको अनुभवसम्मको समग्र संयोजन पनि हो । यिनै पक्षलाई विचार गर्दा रेड्मी नोट १४प्रो+ ५जी एक सशक्त प्रतिस्पर्धीको रूपमा उदाएको देखिन्छ भन्दा फरक पर्दैन ।

आजको दिनमा स्मार्टफोनका प्रयोगकर्ताहरू “सस्तोमा राम्रो” भन्दा बरु “पैसा लागोस् तर टिकाउ होस” भन्ने चाहन्छन् । अहिले बजारमा कैयौं ब्रान्डका सयौँ स्मार्टफोनहरू छन्, तर जब कुरा फोन खसेको अवस्थामा नटुट्ने-नफुट्ने र पानीमा खस्दा नबिग्रिने, वा महिनौंको प्रयोगपछि पनि सुस्त नहुने मोबाइलको खोजी हुन्छ, त्यहाँ रेड्मी नोट १४ प्रो+ ५जी जस्तै विकल्प एकदमै सान्दर्भिक देखिन्छ ।

रेड्मीले प्रस्तुत गरेको “अल स्टार ड्युरेविलिटी“ भनिएको विशेषता केवल मार्केटिङ स्लोगन होइन । १.५के रिजोल्युसन सहितको एमोलेड डिस्प्ले र गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरी बनाइएको यो फोन साँच्चिकै कठोर अवस्था सहन सक्ने बनाइएको छ । यसको आइपी ६८ डस्ट र वाटर रेजिस्टेन्सले देखाउँछ कि यो धुलो र पानी दुवैप्रति प्रतिरोधी छ, जुन हाम्रा दैनिक जीवनका साधारण दुर्घटनाहरूमा काम लाग्ने एकदमै उपयोगी पक्ष हो ।

स्मार्टफोनको कुरा गर्दा केवल बलियो संरचना भएर मात्रै पुग्दैन प्रदर्शन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यसमा रहेको स्न्यापड्रागन ७ एस जेन ३ चिपसेटले यसलाई ‘फास्ट एण्ड स्मूद’ बनाउँछ । चाहे गेमिङ होस् वा मल्टिटास्किङ, फोनले नथाक्ने झल्को दिन्छ । ८ जीबी + २५६ जीबी र १२ जीबी + ५१२ जीबीका भेरिएन्टले प्रयोगकर्तालाई भण्डारणको झन्झटबाट टाढा राख्छन् ।

क्यामराको कुरा गर्दा पनि रेड्मीले सस्तो फोनमा राम्रो क्यामरा मात्र होइन, अब उन्नत फिचरहरू समेत दिन थालेको देखिन्छ । २०० मेगापिक्सेलको मुख्य क्यामरा र १६–इन–१ पिक्सेल बिनिङसँगै ८ एमपी अल्ट्रा–वाइड, २ एमपी म्याक्रो, र २० एमपी सेल्फी क्यामराको संयोजनले यसलाई “फोटोग्राफी क्रिएटिभ” हरूका लागि उपयुक्त बनाउँछ । डायनामिक शट्स, मोशन ट्र्याकिङ, र डुअल भिडियो मोड जस्ता फिचरले प्रयोगकर्तालाई सोचेजस्तो दृश्य कैद गर्न स्वतन्त्रता दिन्छ ।

५११० एमएएच ब्याट्री र १२० वाटको हाइपरचार्ज टेक्नोलोजी भनेको “चिन्ता नगर, चार्ज फटाफट“ भन्ने सन्देश हो । आजको द्रुत जीवनशैलीमा यो प्रकारको फिचर अब विलासिता होइन, आवश्यकता बन्दै गइरहेको छ ।

रंगको विविधता ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लु, र मिडनाइट ब्ल्याकले स्मार्टफोनलाई केवल उपकरण होइन, व्यक्तित्वको अभिव्यक्ति बनाएको छ । मूल्यतर्फ हेर्दा, ४९ हजार ९९९ र ५४ हजार ९९९ को बीचमा आउने यी फोनहरू बजेट अनुसारको विकल्प दिन्छन् । अझ ईएमआई विकल्पले त बजेट–चिन्तालाई नै हटाइदिन्छ ।

निष्कर्षतः यसो भन्न सकिन्छ कि, रेड्मी नोट १४ प्रो+ ५जी केवल एक स्मार्टफोन मात्रै होइन, यो ती प्रयोगकर्ताहरूका लागि उत्तर हो, जसले टिकाउपन, सौन्दर्य, र कार्यक्षमताको सन्तुलन खोजिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?