काठमाडौं। एप्पलले आफ्नो बहुप्रतिक्षित अपरेटिङ सिस्टम आईओएस २६ सार्वजनिक गरेको छ। यसलाई एप्पलको इतिहासमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ। नयाँ संस्करणमा अत्याधुनिक डिजाइन, स्मार्ट फिचरहरू र पहिलेका एपहरूको महत्वपूर्ण सुधार गरिएको छ।
मुख्य आकर्षण: लिक्विड ग्लास डिजाइन
आईओएस २६ को सबभन्दा चर्चित फिचर “लिक्विड ग्लास” हो, जसले पारदर्शी एप आइकनमार्फत फोनको लुक्समा जीवन्तता थप्छ। लक स्क्रिनदेखि होम स्क्रिनसम्म नयाँ अनुभव मिल्नेछ। वालपेपरअनुसार घडीको डिजाइन परिवर्तन हुने र फोन हल्लाउँदा थ्रीडी इफेक्ट देखिने सुविधा थपिएको छ।
स्मार्ट फिचरहरू
ब्याट्री चार्ज हुन बाँकी समय देखिने सुविधा एन्ड्रोइड जस्तै।
क्यामरा एपमा नयाँ सजिलो लेआउट, जसले फोकस गर्न सजिलो बनाउँछ।
सफारी ब्राउजरमा वेबपेज पूरै स्क्रिनभर फैलिने, पढ्न सजिलो हुने नयाँ डिजाइन।
एप्पल इन्टेलिजेन्स (AI) को समावेश
आईओएस २६ मा एप्पलको एआई प्रणाली “एप्पल इन्टेलिजेन्स” पनि समावेश गरिएको छ।
आवाज र अक्षरमा लाइभ ट्रान्सलेसन उपलब्ध।
च्याट जीपीटीमार्फत स्क्रिनमा देखिएको कुरा सोध्न मिल्ने।
छिटो र गोप्य कुराकानी सुनिश्चित।
फोन एप र कल ह्यान्डलिङमा सुधार
फेभरेट्स, रिसेन्ट्स, र भ्वाइसमेल एउटै स्क्रोल योग्य विन्डोमा।
होल्ड असिस्ट र कल स्क्रिनिङ फिचरले अनावश्यक कल फिल्टर गर्ने।
लाइभ एजेन्ट लाइनमा आएपछि सूचना दिने प्रणाली।
मेसेज र गोपनीयता सुधार
अब अज्ञात नम्बरबाट आएका मेसेजहरू छुट्टै फोल्डरमा रहनेछन्। प्रयोगकर्ताले चाहेर मात्र उत्तर दिन सक्छन्, जसले स्पाम नियन्त्रणमा सहयोग गर्छ।
नयाँ एप्पल गेम्स एप
आईफोनमा गेम खेल्ने प्रयोगकर्ताका लागि “एप्पल गेम्स एप” सुरू गरिएको छ।
सबै गेमहरूको जानकारी एकै ठाँउमा।
साथीहरूको गतिविधि, उपलब्धि र चुनौतीहरू ट्र्याक गर्ने।
नयाँ अपडेट र इभेन्टको जानकारी सजिलै पाउने।



 
                        
                        
 
                                     
																							 
																							 
																							 
																							 
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                        