Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अपडेट

सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन

सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं। सामाजिक सञ्जाल सञ्चालक कम्पनी मेटाले नेपाल सरकारको पटक–पटकको आग्रह र चेतावनीलाई बेवास्ता गर्दै अझैसम्म नेपालमा दर्ता प्रक्रिया सुरु गरेको छैन।

नेपाल सरकारको सूचना तथा प्रविधि मन्त्रालयले मेटालाई नेपालमा दर्ता हुन तीन पटकसम्म सार्वजनिक सूचना जारी गरिसकेको थियो। यद्यपि मेटाले ती सूचनालाई कुनै प्रतिक्रिया नदिँदै अटेर गर्दै आएको छ।

गत वैशाख १२ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मेटा कम्पनीलाई सात दिनको अल्टिमेटम दिँदै दर्ता नभए प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। उनले राष्ट्रिय सूचना आयोगको कार्यक्रममा मेटाले नेपाल सरकारको निर्देशन अटेरी गरेको उल्लेख गर्दै अब दर्ता नभए प्रतिवन्ध लगाइने बताएका थिए।

तर अहिले असार ५ गतेसम्म आइपुग्दा न मेटाले दर्ताका लागि कुनै प्रक्रिया अघि बढाएको छ, न त सरकारले कुनै कारबाही थालनी गरेको छ।

सूचना प्रविधि मन्त्रालयका प्रवक्ता तथा सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाले अहिलेसम्म दर्ताका लागि कुनै प्रयास गरेको छैन। ‘मेटा अहिलेसम्म दर्ता हुनका लागि आएको छैन,’ प्रवक्ता ठाकुरले भने, ‘दर्ता नभएको कम्पनीलाई कसरी कारबाही गर्ने भन्ने कानुनी जटिलता पनि छ।’

उनका अनुसार मन्त्रीले चेतावनी दिए पनि त्यसपछि पुनः कुनै आधिकारिक पत्राचार भएको छैन। कारबाहीका लागि दर्ता हुनु पूर्वशर्त रहेको उनको भनाइ छ।

नेपालमा अहिले फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्रामजस्ता मेटाका सामाजिक सञ्जालहरू करोडौं प्रयोगकर्ताले प्रयोग गरिरहेका छन्। यी प्लेटफर्ममार्फत हरेक दिन ठूलो मात्रामा रकम नेपालबाहिरिँदै आएको भए पनि सरकार अहिले सम्म ती कम्पनीलाई नेपालको कानुनी दायरामा ल्याउन असफल देखिएको छ।

प्रवक्ता ठाकुरका अनुसार हाल मन्त्रालय ‘कम्युनिटी स्ट्याण्डर्ड गाइडलाइन’ तयार गर्ने प्रक्रियामा रहेको छ। उक्त गाइडलाइन बनेपछि विदेशमा मुख्यालय भएका सामाजिक सञ्जाल कम्पनीहरूलाई दर्ता गराउने प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।

यसैबीच, विज्ञहरू भने सरकारले चेतावनी दिएर पनि त्यसको कार्यान्वयन नगर्नु राज्यको कमजोरी भएको टिप्पणी गरिरहेका छन्। उनीहरू भन्छन्, “यदि सरकार आफैँ दृढ र स्पष्ट रणनीति लिएर अघि बढ्न नसके विदेशी कम्पनीहरूले यस्ता चेतावनीलाई गम्भीरतापूर्वक लिँदैनन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?