Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अपडेट

फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात

फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

काठमाडौँ। नेपालको अटोमोबाइल क्षेत्रमा एक ऐतिहासिक क्षणका रूपमा फोटोनको प्रमुख पिकअप टुनल्यान्ड जि ७ लाई पुलचोकस्थित ‘द प्लाजा’ मा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

यसअघि नै टुनल्यान्ड जि ७ ले २३ दिनमै ८ वटा उच्च र कठोर अफ-रोड भूभागहरू पार गर्ने विश्वकै पहिलो पिकअपका रूपमा इतिहास रचिसकेको छ। नेपालमा डेब्यु गर्नु अघि यो गाडी १५,००० किलोमिटरको कठिन परीक्षणमा टेस्ट गरिएको थियो।

असार ८ गते सम्पन्न भएको यस भव्य सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक श्री विवेक सिकारिया, फोटोन इन्टरनेशनल साउथ एसियाका प्रबन्ध निर्देशक श्री एरिक वाङ, बेइकी फोटोनका पीआर निर्देशक तथा फोटन इन्टरनेशनलका प्रमुख अकाउन्ट निर्देशक श्री ली जुओचेंग, फोटोन इन्टरनेशनल प्यासेन्जर भेहिकल बिजनेसका सीनियर मार्केटिङ म्यानेजर सुश्री एमिली डिङ, श्री लियो झाओ र एमएडब्लू वृद्धि कमर्सियलका सीईओ श्री तुषार गुप्ताले संयुक्त रूपमा यस परिवर्तनकारी सवारीसाधनको नेपाल आगमनलाई स्वागत गरे।

सार्वजनिक कार्यक्रममा बोल्दै श्री विवेक सिकारियाले भने, “नेपालका आफ्नै चुनौतीहरू हुँदाहुँदै पनि हामीले फोटोनसँग सहकार्य गर्ने निर्णय गर्‍यौं र म गर्वका साथ भन्न सक्छु कि आज त्यो विश्वास सार्थक भएको छ। पछिल्ला पाँच, छ वर्षमा हामीले नेपालमा १५०० भन्दा बढी फोटोन सवारी साधन बिक्री गरिसकेका छौं, जसमा ५०० भन्दा बढी पिकअपहरू पर्छन्।”

उनले थप जोड दिँदै भने, “आफ्टर सेल्स सर्भिस र स्पेयर पार्ट्सको मामलामा हामीले कुनै कसर बाँकी राखेका छैनौं। रोकथाम मेनटेनेन्सदेखि एक्सिडेन्टल मर्मतसम्म, जि ७ को मर्मत खर्च बजारका अन्य विकल्पहरूभन्दा २०% कम छ।” कार्यक्रमपछि टुनल्यान्ड जि ७ पहिल्यै बुकिङ गरेका ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिएको थियो।

फोटोन टुनल्यान्ड जि ७: बिल्ट फर हिमालय
चीनमा अटोनोमस व्यवसायिक सवारी साधन सार्वजनिक गर्ने पहिलो ब्रान्डको रूपमा फोटोनको गौरवशाली इतिहास रहेको छ र आज पनि कम्पनी अत्याधुनिक डिजाइनमा अगाडि रहँदै आएको छ। टुनल्यान्ड जि ७ त्यहि इनोभेसनको सजीव प्रमाण हो।

यो गाडी बलियो र इन्टेलिजेन्सको खोज गर्ने यात्रुहरूको लागि बनाइएको हो। १६० एचपी पावर र ३९० एनएम टर्कसहित जि ७ ले नेपालको सबै भूभागमा अद्वितीय प्रदर्शन दिन्छ। २२५ मिमीको उच्च ग्राउन्ड क्लियरेन्सका साथ यो गाडी उबडखाबड बाटो, उकालो चढाइ र अनिश्चित हिमाली बाटाहरूलाई आत्मविश्वासका साथ पार गर्न सक्छ। हिल होल्ड कन्ट्रोल र हिल डिसेण्ट कन्ट्रोलले चढाइ र ओर्लाइ दुवैलाई सुरक्षित बनाउँछ र पुश-स्टार्ट इञ्जिन बटन सजिलै पहुँचयोग्य हुनेगरी औंलामै राखिएको छ।

तर, बलियो प्रदर्शन मात्र होइन, यो गाडीमा आराम पनि कम छैन। भित्री भागमा १२.३ इन्चको इन्फिनिटी स्क्रिन राखिएको छ जसले नेभिगेसन र मनोरञ्जनको आवश्यकता पूरा गर्छ। तातो र चिसो हुने, १२ तरिकाले एडजस्ट गर्न सकिने इलेक्ट्रिक सिटहरू छन् जसले चालक र यात्रुलाई मौसमअनुकूल आरामदायी अनुभव दिन्छ। प्यानोरामिक सनरूफले आकासलाई नजिक ल्याउँछ, जसले शक्तिशाली गाडीभित्रको सौन्दर्य र खुलापनको अनुभूति दिलाउँछ। साथै, अटोमेटिक एयर कन्डिसनिङले जस्तोसुकै मौसममा पनि यात्रालाई सहज बनाउँछ।

फोटोनले सधैं उद्देश्यसहितको नवप्रवर्तनमा विश्वास गर्दै आएको छ र टुनल्यान्ड जि ७ औपचारिक रुपमा सार्वजनिक भएसँगै त्यो उद्देश्य अब नेपाली भावनासँग जोडिएको छ। पुलचोकको ‘द प्लाजा’मा सार्वजनिक गरिएको यो गाडी केवल नेपालको अटो बजारमा अर्को सवारी थपिएको होइन, यो त नेपालकै लागि डिजाइन गरिएको हो। यो नयाँ पुस्ताको पिकअप गाडी घाम उदाएसँगै उठेर हिमालका उचाइहरूलाई साहस र सौम्यतासाथ पार गर्ने नेपालीहरूको परिश्रमी भावनाको उत्सव हो।

चाहे भरपर्दो र शक्तिशाली सवारीको आवश्यकता भएका साना व्यवसायी हुन् वा विकेन्डमा पहाडमा घुम्ने सपना देख्ने परिवार हुन्, टुनल्यान्ड जि ७ सबैको आवश्यकता पुरा गर्न सक्षम छ। कठोर अफ-रोड परिस्थितिमा १५,००० किलोमिटरको परीक्षणपछि र विश्वकै पहिलो पिकअपको रूपमा २३ दिनमै आठवटा सबैभन्दा चुनौतीपूर्ण ट्रेलहरू पार गरी, जि ७ ले आफूलाई सहनशीलता र क्षमताको प्रतीकको रूपमा प्रमाणित गरेको छ।

फोटोन टुनल्यान्ड जि ७ सुरुवाती मूल्यहरू एलिटका लागि ५१.९९ लाख, लक्जरीका लागि ६५.४० लाख र फ्ल्यागशिप मोडेलका लागि ६९.९९ लाख रुपैयाँ गरी तीन फरक भेरियन्टहरूमा उपलब्ध छ।

इनोभेसनको उत्कृष्टता र नेपाली भावना भएको यो गाडी केवल पिकअप मात्र होइन, प्रगतिको सहयात्री पनि हो। केवल ड्राइभ गर्ने होइन, यसले नेतृत्व पनि गर्छ। शक्ति, सहनशीलता र लक्ष्यसहित निर्माण गरिएको यो गाडी जतिसुकै कठिन बाटोमा पनि रोकिन नचाहनेहरूका लागि हो।

टुनल्यान्ड जि ७ दुई भेरियन्टमा उपलब्ध छ – २.० लि. डिजेल 4×2 MT Comfort र २.० लि. डिजेल 4×4 MT Comfort। दुवैमा उच्च टर्क र इन्धन दक्षताका लागि चिनिएको बलियो २.० लि. डिजेल इञ्जिन छ। यसका मुख्य फिचरहरूमा १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, रियर-भ्यू क्यामेरा, डुअल एयरब्याग, एबीएस विथ ईबीडी, हिल होल्ड असिस्ट र इलेक्ट्रोनिक डिफरेन्सियल लक सामेल छन्।

टुनल्यान्ड जि ७ ले बलियो प्रदर्शन र परिष्कृत डिजाइनलाई संयोजन गर्दै चुनौतिपूर्ण अफ-रोड र आरामदायी शहरी यात्रा दुवैमा उपयुक्त अनुभव दिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?