Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अटो टेक

इन्फिनिक्सको गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक

इन्फिनिक्सको गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं। चिनियाँ स्मार्टफोन निर्माता कम्पनी इन्फिनिक्सले नेपाली बजारमा आफ्नो नयाँ गेमिङ केन्द्रित स्मार्टफोन ‘जीटी ३० प्रो’ सार्वजनिक गरेको छ।

कम्पनीले असार ७ गते आयोजित ‘पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सीएसए स्प्रिङ फाइनल्स अफलाइन वाच पार्टी’ मा भव्य कार्यक्रमका बीच यो फोन सार्वजनिक गरेको हो।

‘गेमरहरूद्वारा बनाइएको गेमिङ स्मार्टफोन’ भन्ने नारासहित ल्याइएको ‘जीटी ३० प्रो’ कम्पनीको लोकप्रिय जीटी सिरिजअन्तर्गतको नयाँ संस्करण हो। यसअघि बजारमा उपलब्ध ‘जीटी २० प्रो’ को सफलतापछि कम्पनीले यो नयाँ संस्करणले गेमिङ स्मार्टफोनको बजारमा नयाँ उचाइ ल्याउने विश्वास व्यक्त गरेको छ।

गेमिङका लागि विशेष डिजाइन र पर्फरमेन्स

इन्फिनिक्स जीटी ३० प्रो विशेष गरेर मोबाइल गेमरहरूका लागि लक्षित फोन हो। यसमा मिडियाटेकको शक्तिशाली डायमेन्सिटी ८३५० अल्टिमेट ५.५जी प्रोसेसर प्रयोग गरिएको छ, जसले फोनलाई उच्च गेमिङ पर्फरमेन्स दिन सक्षम बनाउँछ। साथमा रहेको १६ जीबी र्‍याम (८ जीबी फिजिकल + ८ जीबी भर्चुअल एक्सटेन्डेबल) र २५६ जीबी स्टोरेज ले मल्टिटास्किङ र गेम स्टोरेजमा सहजता ल्याउँछ।

फोनमा १४४ हर्जको १.५के एमोलेड डिस्प्ले छ, जसले रिफ्रेस रेट उच्च भएको कारण गेमिंग तथा भिडियो एक्सपिरियन्सलाई स्मूथ र सजीव बनाउँछ। आँखालाई आराम दिने यो डिस्प्ले गेमिङका लागि आदर्श मानिन्छ।

गेमर फ्रेन्ड्ली फिचरहरू

इन्फिनिक्स जीटी ३० प्रो मा जीटी ट्रिगर नामक विशेष गेमिङ कन्ट्रोल सुविधा छ, जसले प्रयोगकर्तालाई कन्सोल जस्तो कन्ट्रोल अनुभव दिन्छ। यसमा गेम खेल्दा फास्ट रेस्पोन्स दिने टच ट्रिगर सिस्टम छ, जसले विशेषगरी एफपिएस गेमरहरूलाई फाइदा पुर्‍याउँछ।

दमदार ब्याट्री र चार्जिङ क्षमता

फोनमा ५,००० एमएएच क्षमताको ब्याट्री दिइएको छ, जसले लामो समयसम्म गेम खेल्दा पनि ब्याट्री टिकाउ हुने सुनिश्चित गर्छ। साथमा ४५ वाट फास्ट चार्जिङ र ३० वाट वायरलेस चार्जिङ को सुविधा पनि छ, जसले गर्दा फोन ‘सधैं चार्ज, सधैं तयार’ रहने कम्पनीको दाबी छ।

क्यामेरा र डिजाइन

फोटोग्राफीका लागि फोनमा १०८ मेगापिक्सेलको मुख्य रियर क्यामेरा र १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ। कम्पनीले यस क्यामेरा सेटअपले हरेक तस्बिरलाई ‘हेडसटजस्तै स्पष्ट’ बनाउने दाबी गरेको छ।

फोनको डिजाइनमा मेकानिकल लाइट वेभ डिजाइन प्रयोग गरिएको छ, जसले फोनलाई आधुनिक र आकर्षक बनाएको छ। यो फोन स्याडो एस, ब्लेड ह्वाइट र डार्क फ्लेयर गरी तीन आकर्षक रंगमा उपलब्ध छ, जसले नयाँ पुस्ताका प्रयोगकर्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

मूल्य र उपलब्धता

इन्फिनिक्स जीटी ३० प्रोको नेपाली बजारमा मूल्य ४७ हजार ९९९ रुपैयाँ तोकिएको छ। गेमिङ र डिजाइनका हिसाबले उच्च स्तरको यो स्मार्टफोन प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराइएको कम्पनीको भनाइ छ।

कम्पनीले यस फोनमार्फत नेपालमा इस्पोर्ट्स–रेडी स्मार्टफोनको नेतृत्व गर्ने लक्ष्य राखेको छ। गेमरहरूको चाहना र आवश्यकतालाई केन्द्रमा राखी बनाइएको यो फोन निकट भविष्यमा नेपालका युवामाझ लोकप्रिय हुने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?