Trending:

रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन
अपडेट

डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य

डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं। तपाईंले प्रयोग गर्ने डेबिट वा एटीएम कार्डको अगाडि रहेको सानो चम्किलो स्क्वायर चिपलाई धेरैले देखेका हुन्छन्, तर त्यसको काम र महत्वबारे अझै धेरैलाई थाहा छैन। यो सानो भागलाई ईएमभी चिप भनिन्छ, जसले तपाईंको डिजिटल कारोबारलाई सुरक्षित बनाउने मुख्य जिम्मेवारी लिएको हुन्छ।

ईएमभी भन्नाले यूरोपे, मास्टरकार्ड र भिसा भन्ने तीन प्रमुख कम्पनीको संयुक्त प्रविधि हो, जसले उक्त चिप विकसित गरेका हुन्। यद्यपि यो सानो धातु टुक्राजस्तो देखिन्छ, तर यसमा अत्याधुनिक माइक्रो प्रोसेसर जडान गरिएको हुन्छ, जसले स–साना कम्प्युटरझैं काम गर्छ।

चिप किन आवश्यक भयो?
पहिला डेबिट कार्डमा कालो रेखा (मग्नेटिक स्ट्रिप) मात्र हुन्थ्यो, जसले स्थायी रूपमा कार्डको जानकारी राख्थ्यो। तर यो डेटा सजिलै कपी गर्न सकिन्थ्यो र फ्रड/ठगीका केसहरू धेरै हुन्थे। चिप प्रविधि भने धेरै सुरक्षित छ, जसले हरेक कारोबारका लागि एकपटक मात्र प्रयोग गर्न मिल्ने यूनिक कोड बनाउँछ। यस कारण कार्ड क्लोनिङ झण्डै असम्भवजस्तै भएको छ।

चिप कसरी काम गर्छ?
जब तपाईं कार्ड पस मेशिनमा डिप गर्नुहुन्छ, चिप सक्रिय भई मेशिनसँग सूचना आदानप्रदान गर्छ। सो क्रममा, त्यस कारोबारका लागि मात्रै लागू हुने गोप्य कोड तयार हुन्छ। यदि त्यो कोड कसैले चोरे पनि, दोस्रो पटक प्रयोग गर्न सकिँदैन। मग्नेटिक स्ट्रिपमा भने यस्तै स्थायी कोड हुने भएकाले सजिलै नक्कल गर्न सकिन्थ्यो।

कण्ट्याक्टलेस कार्डहरूमा पनि सुरक्षा
हालका कार्डहरूमा एनएफसी (NFC) प्रविधिको प्रयोग पनि भइरहेको छ, जसले ट्याप गरेर नै भुक्तानी गर्न मिल्ने बनाएको छ। यस्ता कार्डहरूमा पनि चिपकै आधारमा डेटा सुरक्षित राखिन्छ, जसले चोरबाट सुरक्षा सुनिश्चित गर्छ।

कार्ड एक्सपायर भएपछि के हुन्छ?
जब तपाईंको कार्ड म्याद सकिन्छ, बैंकले त्यसको चिपलाई पनि निष्क्रिय बनाउँछ। पुरानो चिप फिजिकल रूपमा त रहन्छ, तर बैंक सिस्टमले मान्यता नदिएपछि त्यसको प्रयोग असम्भव हुन्छ। त्यसैले, एक्सपायर भएको कार्ड टुक्राएर नष्ट गर्नु उपयुक्त हुन्छ, ताकि कुनै पनि दुरुपयोग नहोस्।

किन चिप प्रविधि अपनाइयो?
ईएमभी चिप मुख्य रूपमा साइबर ठगी रोक्न, सुरक्षा बढाउन र वैश्विक कारोबारमा सहजता ल्याउन ल्याइएको हो। अहिले विश्वका धेरै देशहरूले मात्र चिप भएको कार्ड स्वीकार्ने गरेका छन्, किनकि मग्नेटिक स्ट्रिप कार्ड कम सुरक्षित मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?