Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अपडेट

८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम

८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं। आजको डिजिटल युगमा मानिसहरूको दैनिकी स्क्रिनमा निर्भर हुँदै गएको छ। स्मार्टफोन, ल्यापटप, ट्याबलेट वा टिभी — यिनै स्क्रिनहरू मानिसको पढाइ, काम, मनोरञ्जन र सामाजिक सम्पर्कको माध्यम बनेका छन्। तर अत्यधिक स्क्रिन टाइमले शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ।

आँखा दुख्ने, निद्रा नलाग्ने, ध्यान केन्द्रित गर्न नसक्ने, टाउको दुख्ने, समाजबाट टाढा हुने, डिप्रेशन र चिन्ता बढ्ने जस्ता समस्याहरू स्क्रिनको लतसँग जोडिएका छन्। यस्तोमा स्क्रिन टाइम घटाउनु अत्यावश्यक हुन्छ। यहाँ प्रस्तुत गरिएका छन् ८ यस्ता प्रभावकारी उपाय, जसले स्क्रिनको दुरुपयोग नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ:

१. डिजिटल डिटक्सको अभ्यास गर्नुहोस्
हप्तामा कम्तीमा एक दिन “डिजिटल ब्रेक” लिनुहोस्। मोबाइल, ल्यापटप, टिभी आदि एक दिनका लागि नछोईकन आफैंसँग वा परिवारसँग समय बिताउनुहोस्। यो अभ्यासले मानसिक स्फूर्ति बढाउँछ र स्क्रिनप्रति आश्रय घटाउँछ।

२. स्क्रिन समय ट्र्याक गर्ने एपहरू प्रयोग गर्नुहोस्
फोन वा ल्यापटपमा “Screen Time”, “Digital Wellbeing”, “StayFree” वा “Forest” जस्ता एपहरूको प्रयोगले तपाईं कति समय कुन एपमा खर्च गर्दै हुनुहुन्छ भन्ने जानकारी दिन्छ। यस आधारमा तपाईंले अनावश्यक समय घटाउन सक्नुहुन्छ।

३. सोसल मिडिया सीमित प्रयोग गर्नुहोस्
फेसबुक, इन्स्टाग्राम, टिकटोक जस्ता प्लेटफर्महरू स्क्रोल गर्न थालेपछि समय पत्तो हुँदैन। यस्तोमा दैनिक सीमा तोक्ने, नोटिफिकेशन अफ गर्ने वा कुनै निश्चित समयमा मात्र प्रयोग गर्ने नियम बनाउनुहोस्।

४. ‘नो फोन जोन’ घोषणा गर्नुहोस्
घरको भोजन कक्ष, सुत्ने कोठा वा पारिवारिक भेटघाट हुने स्थानलाई ‘नो फोन जोन’ बनाउनुहोस्। यस्ता स्थानमा मोबाइल प्रयोग नगर्ने बानी बसाल्दा पारिवारिक सम्बन्ध बलियो हुन्छ र अनावश्यक स्क्रिन टाइम घट्छ।

५. राति सुत्नुभन्दा एक घण्टा अगाडि स्क्रिन छाड्नुहोस्
स्क्रिनको निलो प्रकाशले मस्तिष्कमा मेलाटोनिन हर्मोनको उत्पादन कम गर्छ, जसले निद्रा बिगार्छ। त्यसैले सुत्नुभन्दा कम्तीमा एक घण्टा अघि फोन वा ल्यापटप बन्द गर्ने बानी बसाल्नुहोस्।

६. अफलाइन वैकल्पिक गतिविधिहरू रोज्नुहोस्
पढ्न, लेख्न, चित्र बनाउन, बगैँचा स्याहार्न वा साथीहरूसँग प्रत्यक्ष भेटघाट गर्ने जस्ता अफलाइन कामहरूमा आफूलाई व्यस्त राख्नुस्। यस्ता गतिविधिले मन रमाउँछ र डिजिटल माध्यमबाट स्वतः टाढा बनाउँछ।

७. स्क्रिन प्रयोगको उद्देश्य निर्धारण गर्नुहोस्
हरेक पटक मोबाइल वा ल्यापटप खोल्दा “किन खोलेको?” भन्ने प्रश्न आफैंलाई सोध्नुस्। उद्देश्य बिना स्क्रिन चलाउने बानी रोक्नुस्। यो बानीले फाल्तु प्रयोग नियन्त्रणमा ल्याउँछ।

८. पारिवारिक नियम बनाउनुहोस्
घरमा सबै सदस्यले मिलेर स्क्रिन प्रयोगसम्बन्धी नियम बनाउनुहोस् — जस्तै, साँझ ७ बजेपछि फोन नचलाउने, खाना खाँदा स्क्रिन नहेर्ने आदि। सामूहिक प्रयासले वातावरण सकारात्मक र स्वस्थ रहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?