Trending:

डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी
अपडेट

महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’

महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

ललितपुर। ललितपुर महानगरपालिकाले स्थानीय महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि एलएमसी डिजिटल हाटबजार एप सार्वजनिक गरेको छ ।

महानगरभित्रका महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरण गर्नुका साथै कम लागतमा उद्यमीलाई उपभोक्तासम्म पुर्याउन महानगरको महिला, बालबालिका शाखाले आज एलएमसी डिजिटल हाटबजार एप सार्वजनिक गरेको हो ।

एप सार्वजनिक कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले वर्तमान सूचना प्रविधिको युगमा वस्तु तथा सेवाको बिक्रीवितरण र प्रचारप्रसारका लागि डिजिटल एपको व्यवस्था गरिएको बताउँदै यसबाट यहाँका सात सय ५० भन्दा बढी महिला समूहलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

“सम्पूर्ण महिला उद्यमीले यो एपलाई अधिकतम उपयोगमा ल्याउनुहोस्, देशका सात सय ५३ वटा स्थानीय सरकार, सातवटै प्रदेश सरकारहरूमध्ये ललितपुरले उत्कृष्ट काम गरिरहेको छ, हामीले गरेका कतिपय काम अन्य स्थानीय तहले सिक्न उपयोगी हुने विश्वास लिएका छौँ”, उनले भने ।

महानगरप्रमुख महर्जनले ललितपुरद्वारा सञ्चालित एलएमसी अलर्टले २२ वटा कामका लागि सहजीकरण गरिरहेको जनाउँदै एपमार्फत काममा सहजीकरण हुँदा जनप्रतिनिधिलाई मध्यरातमा फोन गर्नुपर्ने समस्या अन्त्य भएको धारणा राखे ।

“एकद्वार सेवा प्रणाली लागू हुनुका साथै एपमार्फत सेवा प्रवाह हुँदा सेवाग्राहीले महानगरका कोठाकोठा धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ”, उनले भने ।

महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महिला उद्यमीहरूको समस्या समाधान गर्ने, उत्पादनलाई उपभोक्तासम्म पुर्याउने उद्देश्यले यो प्रयास थालिएको बताए ।

उनले उद्यमीहरूद्वारा सानो परिमाणमा उत्पादित वस्तु तथा सेवालाई सहज रूपमा बजारीकरण गर्न र उद्यमीले उचित प्रतिफल प्राप्त गर्ने अवसर प्राप्त गर्न यो माध्यम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

महिला बालबालिका शाखा प्रमुख शोभा खरेलले महिलाद्वारा उत्पादित वस्तु तथा सेवाहरूको डिजिटल एपमार्फत बिक्रीवितरण गर्न सकिने भन्दै क्रेताले बिक्रेतासँग सम्पर्क गरेर सामानको खरिद गर्नसक्ने जानकारी गराए ।

उनले यो वर्ष महानगरले १० जना महिला उद्यमीका सामान अन्तरराष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्य राखेको उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?