काठमाडौं। जेनजी आन्दोलनका क्रममा सेन्ट्रल बिजनेस पार्कस्थित डाटा सेन्टर क्षतिग्रस्त भएपछि अवरुद्ध भएको भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा सुचारु भएको छ।
कम्पनीका अनुसार व्याकअप डाटा सेन्टर प्रयोग गर्दा सम्पूर्ण ट्राफिक धान्न नसक्दा सेवा प्रभावित भए पनि प्राविधिक टोलीको निरन्तर प्रयासपछि अवस्था सुधार भइरहेको छ। बाँकी सर्भर स्थानान्तरण जारी भएकाले इन्टरनेट गति सुस्त हुन सक्ने र भदौ २९ देखि पूर्ण सेवा सञ्चालन हुने जनाइएको छ।
भायानेटले ४८ घण्टाभित्र सेवा पुनः सञ्चालन गर्न सफल हुनु आफ्ना प्राविधिकहरूको प्रतिबद्धता र नेटवर्कको बलियोपनको उदाहरण भएको जनाएको छ।