काठमाडौं। विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले दशैंको अवसरमा नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजसँग सहकार्य गर्दै ९.९ फेस्टिभल क्याम्पेन सुरु गरेको छ। यो क्याम्पेन आश्विन २ देखि १८ गतेसम्म सञ्चालन हुनेछ।
यस अवधिभर ग्राहकहरूले भिभोका स्मार्टफोनहरूमा रु.७ हजारसम्मको विशेष छुट, आकर्षक अफर र विभिन्न एक्सक्लुसिभ डिल्स पाउनेछन्।
क्याम्पेनमार्फत हालै मात्र बजारमा आएको भिभोका दुई नयाँ मोडल भी६० र वाई२१ डि दराजमा आधिकारिक रूपमा उपलब्ध हुनेछन्। यी स्मार्टफोनहरू प्रिमियम डिजाइन, उत्कृष्ट फिचर र नयाँ पुस्तालाई लक्षित प्रविधीय सुविधासहित प्रस्तुत गरिएको बताइएको छ।
भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालका अनुसार, दशैं क्याम्पेनले चाडपर्वलाई अझ विशेष बनाउन मद्दत गर्नेछ। उनले भने, “दराजसँगको सहकार्यले उपभोक्तालाई नयाँ अनुभव दिनेछ। अफर, पुरस्कार र फ्ल्यागशिप स्मार्टफोनहरूको उपलब्धताले यो दशैंलाई अविस्मरणीय बनाउन चाहन्छौं।”
भिभोले यस सहकार्यलाई नेपालमा आफ्नो डिजिटल उपस्थितिलाई अझ मजबुत बनाउने अवसरका रूपमा लिएको छ। यस दशैंमा ग्राहकहरूले आफ्नो स्मार्टफोन अपग्रेड गर्दै भिभोको अत्याधुनिक प्रविधिसँग उत्सवको खुसी बाँड्न सक्नेछन्।