एजेन्सी। चीनमा रोजगारदाताहरू एआई प्रतिभाको खोजीमा लागेका छन्। बेइजिङमा शरद ऋतु सुरु हुनसाथ रोजगार भर्ती मेलाहरू आयोजना गरिन्छ।
ति मेलाहरूमा यस बर्ष कम्पनीहरूले एआई क्षेत्रहरूमा धेरै रोजगारीका अवसरहरु सिर्जना गरेका छन्। उनीहरूले इन्टरनेट सम्बन्धित पदहरू आवेदन माग गरेका हुन्।
एआई इमेजिङ अध्ययन गरेका तन्नेरीहरु मेलामा झुम्मिएका छन्। एआई पृष्ठभूमि भएका नयाँ भर्नाहरू बाहेक, धेरै भन्दा धेरै कम्पनीहरूले मानविकी वा सामाजिक विज्ञानमा स्नातकहरूको पनि खोजी गरेका छन्।
किनभने एआई ठूला भाषा मोडेलहरू निर्माण गर्दा, कम्पनीहरूलाई ठूलो मात्रामा डेटा र प्रम्प्टहरू परिभाषित र परिष्कृत गर्न मद्दत चाहिन्छ।
जुन इन्टर्न वा प्रशिक्षार्थीको रूपमा हालसालै स्नातक गरिएकाहरूका लागि पूर्ण रूपमा उपयुक्त मानिन्छ।
चीनको एक अग्रणी करियर विकास प्लेटफर्मको तथ्याङ्कले गत वर्षको तुलनामा यस वर्षको तेस्रो त्रैमासिकमा एआई इन्जिनियरहरूको लागि २५ प्रतिशत बढी जागिर पोस्टिङ भएको देखाएको छ।
तथ्याङ्क अनुसार कृत्रिम बुद्धिमत्ता इन्जिनियरहरूको औसत मासिक तलब लगभग तीन हजार अमेरिकी डलर छ।(सीसीटीभीप्लस)