Trending:

महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक
अपडेट

वाणिज्य बैंकहरूको नाफा करिब ११ प्रतिशतले बढ्यो, कसले कति कमाए ?

वाणिज्य बैंकहरूको नाफा करिब ११ प्रतिशतले बढ्यो, कसले कति कमाए ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 4 मिनेट

१० वैशाख, काठमाडाैँ । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा रू ४८ अर्ब ३७ करोड बराबर पुगेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार गत वर्ष चैतसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको नाफा १० दशमलव ९२ प्रतिशत बराबरले बढेको छ ।

गत वर्षको तुलनामा १४ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने सातवटाको घटेको छ । गत वर्ष तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले रु ४३ अर्ब ४१ करोड बराबर नाफा कमाएका थिए । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा गरेको कुल नाफाको तुलनामा यस वर्षको सोही अवधिमा सबैभन्दा धेरै नाफा गर्नेमा एभरेष्ट बैंक देखिएको छ ।

एभरेष्ठ बैंकले गत वर्षको तुलनामा ६२ दशमलव ६२ प्रतिशतले नाफा बढाएर चैत मसान्तसम्ममा रु दुई अर्ब ४६ करोड बराबर पु¥याएको छ । त्यस्तै स्टाण्डर्ड चार्टर्ड बैंकले गत वर्षको तुलनामा ६० दशमलव २५ प्रतिशतले नाफा बढाएर रु दुई अर्ब ६१ करोड बराबर पु¥याएको छ ।

रकमका आधारमा नविल बैंकको नाफा बढी छ । यस बैंकको नाफा गत वर्षको तुलनामा यस वर्ष ५२ दशमलव ६३ प्रतिशतले बढेर रु पाँच अर्ब ११ करोड पुगेको छ । रकमका आधारमा बढी नाफा कमाउने बैंकमा ग्लोबल आइएमई बैंक दोस्रो र एनआइसी एसिया बैंक तेस्रो स्थानमा छन् । ग्लोबल आइएमई बैंकले गत वर्षको तुलनामा आफ्नो नाफा १६ दशमलव ९६ प्रतिशतले बढाएर रु चार अर्ब ३५ करोड पु¥याएको छ भने एनआइसीले ११ दशमलव ३८ प्रतिशतले बढाएर रु चार अर्ब एक करोड पर्याएको छ ।

धेरै नाफा कमाउने बैंकहरूको सूचीमा राष्ट्रिय वाणिज्य बैंक चौथो स्थानमा छ । वाणिज्य बैंकले गत वर्षको तेस्रो त्रैमासको तुलनामा यो वर्ष ३६ दशमलव ६९ प्रतिशतले नाफा बढाएर रु तीन अर्ब ५७ करोड पु¥याएको हो । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो अवधिमा रु तीन अर्ब चार करोड बराबर नाफा कमाएको छ । यो गत वर्षको तेस्रो त्रैमासको तुलनामा २२ दशमलव ९६ प्रतिशतले बढी हो ।

लक्ष्मी बैंकले गत वर्षको तुलनामा आफ्नो नाफा ४७ दशमलव ३१ प्रतिशतले बढाएर रु एक अर्ब १६ करोड पु¥याएको छ भने नेपाल एसबीआई बैंकले ३८ दशमलव ७१ प्रतिशतले नाफा बढाएर चैतसम्म रु एक अर्ब ८० करोड पु¥याएको छ । त्यस्तै प्रभु बैंकले आफ्नो नाफा ११ दशमलव ५१ प्रतिशतले बढाएको छ । चैत मसान्तसम्ममा प्रभुले रु एक अर्ब ९५ करोड बराबर नाफा कमाएको हो ।

सानिमा बैंकको नाफा सात दशमलव ४७ प्रतिशतले बढेको छ । यो अवधिमा सानिमाको नाफा रु एक अर्ब ७१ करोड बराबर छ । हिमालयन बैंकको नाफा वृद्धिदर एक दशमलव ४४ प्रतिशतमा खुम्चिएको छ । हिमालयले चैत मसान्तसम्ममा रु एक अर्ब ४१ करोड नाफा कमाएको हो । कुमारी बैंकको नाफा वृद्धिदर शून्य दशमलव ९७ र एनएमबी बैंकको वृद्धिदर शून्य दशमलव ६४ प्रतिशत बराबर छ । कुमारी बैंकले रु एक अर्ब ८२ करोड बराबर नाफा कमाउँदा एनएमबीले रु दुई अर्ब ६८ करोड नाफा कमाएको छ ।

गत वर्षको तुलनामा नाफा घट्नेमा कृषि विकास बैंक अग्रस्थानमा देखिएको छ । कृषि विकास बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ४५ दशमलव ३६ प्रतिशतले नाफा घटेको छ । गत वर्ष चैतसम्ममा रु एक अर्ब ९० अर्ब नाफा कमाएको बैंकको यस वर्षको नाफा भने रु एक अर्ब चार करोडमा खुम्चिएको छ ।

सिद्धार्थ बैंक लिमिटेडको पनि गत वर्षको तुलनामा नाफा घटेको छ । अघिल्लो चैत मसान्तसम्ममा रु दुई अर्ब आठ करोड बराबर नाफा कमाएको बैंकले यस वर्ष भने नाफा २८ दशमलव ६५ प्रतिशतले घटेर रु एक अर्ब ४९ करोडमा कायम भएको छ ।

सिटिजन्स बैंकको नाफा गत वर्षको तुलनामा २२ दशमलव २४ प्रतिशतले घटेर रु एक अर्ब २३ करोड बराबर छ । त्यस्तै नेपाल बैंक लिमिटेडको नाफा १८ दशमलव ७२ प्रतिशतले घटेर रु एक अर्ब ७८ करोड बराबर छ । माछापुच्छ«े बैंकको नाफा अघिल्लो वर्षको तेस्रो त्रैमाससम्ममा रु एक अर्ब ५५ करोड बराबर रहेकामा १२ दशमलव ८८ प्रतिशतले घटेर रु एक अर्ब ३५ करोड बराबर छ । प्राइम कमर्सियल बैंक र सनराइज बैंकको नाफा गत वर्षको तुलनामा यस वर्ष क्रमशः नौ दशमलव ३५ र आठ दशमलव ३३ प्रतिशतले घटेको छ । चैत मसान्तसम्ममा प्राइमले रु दुई अर्ब ४६ करोड र सनराइजले रु एक अर्ब १७ करोड बराबर नाफा कमाएको छ ।

बढ्यो निष्क्रिय कर्जा

वाणिज्य बैंकहरूको चालु आवको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण हेर्दा गत वर्षको तुलनामा निष्क्रिय कर्जा बढेको छ । साँवा–ब्याज उठ्न समस्या भएपछि बैंकहरूको निष्क्रिय कर्जा बढेको छ भने निष्क्रिय कर्जा बढ्दा बैंकको वित्तीय विवरणमा पनि त्यसको असर देखिएको छ ।

गत आवको चैत मसान्तसम्ममा एक दशमलव २१ प्रतिशत बराबर रहेको बैंकहरूको निश्क्रिय कर्जा चालु आवको सोही अवधिमा तीन दशमलव ४८ प्रतिशत बराबर पुगेको छ । सबैभन्दा धेरै निष्क्रिय कर्जा भएका बैंकहरूमा हिमालयन बैंकको चार दशमलव ५६, कृषि विकास बैंकको चार दशमलव ३५ र नेपाल बैंक लिमिटेडको चार दशमलव १६ रहेको छ ।

सिटिजन्स बैंकको तीन दशमलव ९८, कुमारी बैंकको तीन दशमलव ९७, सिद्धार्थ बैंकको तीन दशमलव ९५, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको तीन दशमलव ९४, नबिल बैंकको तीन दशमलव ८७, प्रभु बैंकको तीन दशमलव ४८, राष्ट्रिय वाणिज्य बैंकको तीन दशमलव ८८, ग्लोबल आइएमई तीन दशमलव ९६, सनराइज बैंक तीन दशमलव ६२ र प्राइम कमर्सियल बैंकको तीन दशमलव ०६ प्रतिशत बराबर रहेको छ ।

एनएमबी बैंकको निष्क्रिय कर्जा दुई दशमलव ९६, सानिमा बैंकको दुई दशमलव २७, माछापुच्छ्रेको दुई दशमलव ३७ र लक्ष्मी बैंकको एक दशमलव ८२ रहेको छ । नेपाल एसबीआई बैंकले शून्य दशमलव ९७, एनआइसी एसिया बैंकले शून्य दशमलव ८५, स्टान्डर्ड चार्टर्ड बैंकले शून्य दशमलव नौ र एभरेष्ट बैंकले शून्य दशमलव सात प्रतिशतमा निष्क्रिय कर्जा कायम राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?