Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अपडेट

कोरोना महामारीपछि बढ्यो नेपाली चिकित्सा क्षेत्रमा प्रविधिको प्रयोग

कोरोना महामारीपछि बढ्यो नेपाली चिकित्सा क्षेत्रमा प्रविधिको प्रयोग
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

९ जेठ, काठमाडाैँ । कोरोना महामारीका कारण नेपाली चिकित्सा प्रणालीमा ठूलो परिवर्तन भएको पाइएको छ । नयाँ प्रविधिहरूको विकास तथा आविष्कारले चिकित्सा क्षेत्रमा प्राविधिक पक्ष थपिँदै गएको हो ।

नेपालको स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा विकास भएका प्रविधिहरूले संक्रामक रोगहरूको नियन्त्रणमा समेत सहयोग पुर्याएका छन् । संक्रामक रोगको नियन्त्रणमा प्रविधिको प्रयोग नेपाली समुदायका लागि महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ ।

कोरोना महामारी जस्तै सम्भावित अन्य रोगहरूले निम्त्याउन सक्ने जोखिम कम गर्न विशेषज्ञहरूले नयाँ औषधि, तथ्य विश्लेषण र इमेजिङ प्रविधिहरू प्रयोग गर्न सुझाव दिइरहेका छन् । सोही अनुरूप नेपाली चिकित्सा संस्थाहरूले पनि आवश्यकता अनुसार नयाँ चिकित्सा प्रविधिको अनुसन्धान र विकास सुरू गरेका छन् ।

चिकित्सा क्षेत्रमा प्रविधिको प्रयोगको उपयोगिताको उदाहरणको रूपमा इमेजिंग प्रविधिलाई लिन सकिन्छ । यो प्रविधिले रोगको पहिचान, परीक्षण, विश्लेषण र प्राविधिक अध्ययनमा सहयोग पुर्याइरहेको छ । जसका कारण संक्रामक रोगको पहिचान र निगरानीमा सहज भइरहेको छ ।

धेरै नकारात्मक पक्ष भएता पनि कोरोना महामारीको सकारात्मक पक्षको रूपमा नेपाली चिकित्सा क्षेत्रमा विकास तथा प्रयोग भएका नयाँ प्रविधिलाई मान्न सकिन्छ । जसका कारण चिकित्सा क्षेत्र केही मजबुद बन्दै सार्वजनिक स्वास्थ्य प्रणालीमा सुधारमा सहज भइरहेको छ । यो समयमा भएका नयाँ प्रविधिको विकासले आगामी दिनमा देखिने समस्याको समाधान समेत गर्न सहयोग गर्ने सहज अनुमान गर्न सकिन्छ ।

नेपालमा पछिल्लो समय टेलिमेडिसिन सेवाको समेत सुरू भएको छ । महमारीको समयमा नेपालभित्र नै स्वास्थ्य परामर्श सहज बनाउने योजना अनुरूप सुरू भएको टेलिमेडिसिन सेवा अहिले विदेश स्तरमा समेत फैलिएको छ । काठमाडाैँको वीर अस्पतालले करीब ३ महिना अघि सुरू गरेको टेलिमेडिसिन सेवामा प्रवासमा रहेका नेपालीहरूले निः शुल्क परामर्श लिइरहेका छन् ।

पछिल्लो समयमा विश्वमा रोबोटिक सर्जरी समेत हुन थालेको छ । नेपालमा पनि स्वास्थ्य क्षेत्र थप प्रविधिमैत्री बनाउन सोही प्रकृतिका उपकरण प्रयोग गर्न सकिन्छ । यस्ता प्रविधिले चिकित्सकहरूलाई रोगीहरूको समस्या निर्धारण गर्न र उच्चतम श्रेणीको स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्दछन् ।

कोरोना महामारीपछि स्वास्थ्य क्षेत्रमा थपिएको प्रविधिले नेपाली चिकित्सामा ठूलो परिवर्तन ल्याएको छ । यसले नेपाली स्वास्थ्य सेवा प्रणालीलाई नयाँ आयाम दिँदै सार्वजनिक स्वास्थ्यका क्षेत्रमा सुधार गर्ने सम्भावनाहरूको बाटो देखाएको छ । समग्रमा नेपाली स्वास्थ्य क्षेत्रमा प्रविधिको प्रयोग बढेको देखिएता पनि पर्याप्त भने भएको छैन ।

नेपाली स्वास्थ्य क्षेत्रमा प्रविधिको ठूलो परिणाम निकाल्न सहज र आर्थिक हिसाबले पहुँचयोग्य बनाउन जरूरी छ । नीजि क्षेत्रका स्वास्थ्य संस्थाहरूमा उच्चतम प्रविधि प्रयोग भइरहेता पनि सरकारी स्वास्थ्य संस्थाहरू भने अझै प्रविधिमैत्री हुन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?