Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

लाइसेन्सको लिखित परीक्षामा भएको अनियमितताबारे छानबिन हुन्छ : प्रदेश सरकार

लाइसेन्सको लिखित परीक्षामा भएको अनियमितताबारे छानबिन हुन्छ : प्रदेश सरकार
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

१४ जेठ, भक्तपूर । यातायात व्यवस्था कार्यालय भक्तपुरमा भएको अनियमितताका बारेमा छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाइने भएको छ । कार्यालयको आफ्नै लिखित परीक्षा हल हुँदाहुँदै प्रलोभनमा परेर निजी क्षेत्रलाई परीक्षा सञ्चालन गर्ने जिम्मेवारी दिएकोबारेमा विवाद बढेपछि प्रदेश सरकारले यसबारेमा थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउने भएको हो ।

नयाँ सवारी चालक अनुमतिपत्रका सम्पूर्ण कार्यका साथै लिखित परीक्षा सञ्चालन, प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा सञ्चालन, नवीकरणलगायत कार्य गर्दै आएको यातायात व्यवस्था कार्यालय भक्तपुरले प्रदेश मन्त्रालयलाई पत्तै नदिई नियम विपरित निजी क्षेत्रलाई परीक्षाको अनुमति दिएपछि कार्यालय प्रमुख शिवकुमार निरौला विवादमा तानिएका हुन् ।

कार्यालयका कर्मचारीले पत्तो नपाउने गरी हिमालय टाइम्समा टेण्डर आह्वान गर्दै निःशुल्क परीक्षा सञ्चालन गर्ने भन्दै कार्यालय प्रमुखले मध्यपुरथिमि–९ राधेराधेस्थित बुढाथोकी ट्रेडर्स एण्ड ट्रेनिङ्ग स्कुल प्रालिलाई सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा सञ्चालनको अनुमति दिएपछि यो निर्णय र सम्झौता विवादमा परेको हो ।

बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव अस्मान तामाङले लिखित परीक्षा निजी क्षेत्रलाई दिएर कार्यालय प्रमुखले अनियमितता र बेइमानी गरेको बताउँदै यसबारेमा मन्त्रालयले छानबिन गरी कारबाही गर्ने बताए ।

उनले भने, ‘निजी क्षेत्रमा लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी दिनु कार्यालय प्रमुखले गलत गरेको प्रष्ट भएको छ, हामी तत्काल कोटा दिँदैनौं र यसबारेमा छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउछौँ र लिखित परीक्षा कार्यालयमै सञ्चालन गर्ने गरी फकाउँछौँ ।’ उनले लिखित परीक्षा सञ्चालन कार्यालयमै फर्काउने र सेवाग्राहीलाई सहज व्यवस्थापन गर्ने गरी मन्त्रालय अगाडि बढेको बताए ।

भक्तपुरमा कार्यालय सञ्चालन भएको लामो समयसम्म पनि निजी क्षेत्रलाई परीक्षा सञ्चालनको जिम्मेवारी नदिई कार्यालयले आफ्नै हलमा परीक्षा सञ्चालन गर्दै आए पनि अहिलेका कार्यालय प्रमुख निरौलाले भने कार्यविधिको बाहना बनाएर यही जेठ ८ गतेदेखि दुई पाङ्ग्रे र चारपाङ्ग्रे हल्का सवारीसाधनको लिखित परीक्षाको जिम्मेवारी निजी क्षेत्रलाई दिएको हो ।

यो व्यवस्थाप्रति सेवाग्राहीसमेत आक्रोशित भएका छन् । यातायात कार्यालयले साह्रै दुःख दिने गरेको गुनासो गर्दै काभ्रेको बनेपाबाट सेवा लिन आएकी सुनिता न्यौपानेले भनिन्, ‘पैसा तिरेर पनि सहज सेवा नपाइने कार्यालय रहेछ यो, परीक्षाका लागि दस्तुर बुझाउन, फोटो खिच्न, स्वास्थ्य परीक्षणलगायतको प्रक्रियाका लागि कार्यालयमा जानुपर्ने, एउटै सेवा लिन चार ठाउँमा लाइन बस्नुपर्ने, लिखित परीक्षाका लागि अन्तै जानुपर्ने, अनि फेरि ट्रायल दिन अन्तै जानुपर्ने, तीन चार दिन यतिकै खेर जाने, यो कस्तो लापरबाही हो ?’

कार्यालय प्रमुख निरौलाले कार्यालयको लिखित परीक्षा सञ्चालन गर्ने हल साँघुरो भएको, घामपानीमा परीक्षार्थीलाई गाह्रो भएको र कार्यालयको भीडभाड कम गर्न निजीलाई दिएको बताए ।

उनले यातायातको २०७८ कार्यविधिलाई टेकेर निजी क्षेत्रलाई परीक्षाको अनुमति दिएको दाबी गरे । उनले भने, ‘प्रयोगात्मक परीक्षा सञ्चालन गर्नेले निःशुल्क परीक्षा हल उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख भएकाले सोही बमोजिम निजी क्षेत्रलाई दिएको हो ।’

तर कार्यालयकै कर्मचारीले आफ्नै परीक्षा हल हुँदाहुँदै कार्याविधि खोज्दै निजीलाई दिनु कार्यालय प्रमुखको मिलेमतो प्रष्ट हुने बताए । ती कर्मचारीले भने, ‘कार्यविधिमा सवारी चालक परीक्षा र प्रयोगात्मक परीक्षास्थल एउटैमा राख्न सकिने भनेको छ तर अहिले दिएको बुढाथोकी मोटर ड्राइभिङ्ग स्कुल प्रालिमा दुई पाङ्ग्रे र चारपाङ्ग्रे हलुका सवारी साधनको प्रयोगात्मक परीक्षा हुँदैन, कर्मचारीलाई गुमराहमा राखेर कार्यविधि विपरित कार्यालय प्रमुखले सम्झौता गर्नुले हामी नै अचम्ममा परेका छौँ, सम्झौता रद्द गरेर कार्यालयमै परीक्षा सञ्चालन गर्नुको विकल्प छैन ।’

कार्यालय प्रमुखले बस र मिनिबसको प्रयोगात्मक परीक्षाको अनुमति पनि बुढाथोकी मोटर ड्राइभिङ्ग सेन्टरलाई दिने सम्झौता समेत गरेका छन् । तर मन्त्रालयले कोटा दिएको छैन । लिखित परीक्षा कार्यालयमै फिर्ता नभएसम्म मन्त्रालयले कोटा नदिने भएको छ ।

कार्यालयका सूचना अधिकारी गोविन्दराज शिवाकोटीले कार्यालयले परीक्षा सञ्चालन निजी क्षेत्रमा पठाएर कार्यालयको परीक्षा हललाई बैठक हल बनाउन लागेको बताए । यातायात कार्यालयका बारेमा सेवाग्राहीबाट आएको धेरै गुनासोलाई सम्बोधन गर्नु आवश्यक रहेको भन्दै कार्यालयले यसतर्फ कदम अगाडि बढाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?