Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

डिजिटल सक्षमता पहिचान गर्न डिजिटल नेपाल कन्क्लेभ

डिजिटल सक्षमता पहिचान गर्न डिजिटल नेपाल कन्क्लेभ
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

५ असार, काठमाडाैँ । डिजिटल सक्षमता पहिचान गर्न डिजिटल नेपाल कन्क्लेभ हुने भएको छ । आईसीटी फाउन्डेसन नेपालको आयोजनामा विभिन्न छ वटा ‘थिम’मा आधारित रहेर यही असार ८ र ९ गते हुवावे डिजिटल नेपाल कन्क्लेभ–२०२३ र मोबाइल नेपाल कंग्रेस हुने आयोजक संस्थाका अध्यक्ष काठमाडौँमा राजन लम्सालले जानकारी गराए ।

कन्क्लेभमा विभिन्न देशका आईसीटी विज्ञहरूसहित ७० भन्दा बढी स्रोत व्यक्ति रहेका छन् । द सोल्टी काठमाडौँमा आयोजना हुने कन्क्लेभमा विभिन्न छ थिममा १५ भन्दा बढी सत्र सञ्चालन हुनेछन् । दुई दिने कन्क्लेभमा दक्षिण कोरिया, सिङ्गापुर, भारत र बङ्गलादेशबाट विषय विज्ञहरूको उपस्थिति रहनेछ ।

‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रूपान्तरणका लागि नेपालको सक्षमता र यसका लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिनेछ । अध्यक्ष लम्सालले भने, “कन्क्लेभको पहिलो दिनको सत्रमा डिजिटल पूर्वाधार, डिजिटल परिचय (आइडेन्टिटी) र डिजिटल गभर्नेन्ससम्बन्धी सत्रहरू रहेका छन् । दोस्रो दिन डिजिटल इन्नोभेसन र उद्यमशीलता, टेक स्टाक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक सक्षमताको सत्रहरू रहेका छन् । यसैगरी कन्क्लेभमा डेटा गभर्नेन्स र डिजिटल सेक्युरिटी, डिजिटल लिडरसिप र डिजिटल सक्षमताका लागि अबको बाटो सत्रहरू सञ्चालन हुनेछन् ।”

कन्क्लेभको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै आईसी फाउन्डेसन नेपालका संरक्षक वीरेन्द्रकुमार मिश्रले सरकारले डिजिटल नेपाल फ्रेमवर्क–२०७६ जारी गरेको र सूचना प्रविधि विधेयक छलफलका क्रममा रहेकाले प्रयोगकर्ताको डाटा सुरक्षित गर्न नेपाल सरकारले एउटा मापदण्ड तयार गर्नुपर्ने बताउनुभयो ।

आईसीटी म्यानेजमेन्ट एक्सपर्ट हिमपाल श्रेष्ठले स्थानीय तहहरूको क्षमता र प्रदेशहरूको अवस्थाको अध्ययन गर्दै विभिन्न विषयवस्तुमा आधारित रहेर डिजिटल सरकार बनाउन अगाडि बढ्ने प्रयास हुने बताउनुभयो । “डिजिटल नेपाल ओझेलमा परेको हो कि भन्ने भान भइरहेको छ । सरकारी नीतिगत र व्यवस्था र सङ्घसंस्थाको अवस्था, सूचना सञ्चार प्रविधि तथा उद्योगको अवस्थालगायतमा आधारित रहेर कन्क्लेभ हुनेछ” विशेषज्ञ श्रेष्ठले भन्नुभयो, “स्थानीय तहहरूको क्षमता र प्रदेशहरूको अवस्थाको अध्ययन गर्दै विभिन्न विषयवस्तुमा आधारित रहेर डिजिटल सरकार बनाउन अगाडि बढ्ने प्रयास हुनेछ ।”

गत वर्ष असार ३ र ४ मा डिजिटल रूपान्तरणको नारासहित डिजिटल नेपाल कन्क्लेभ आयोजना भएको आयोजक संस्थाका अध्यक्ष लम्सालले जनाए ।

कन्क्लेभको पहिलो दिन असार ८ गते बिहान १० बजेदेखि हुने उद्घाटन कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको चार वटा कि–नोट र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँगको पावर संवाद सत्र हुने जानकारी गराइएको छ ।

कन्क्लेभसँगै शीर्ष प्रायोजक हुवावेले छुट्टै हलमा मिनी मोबाइल वर्ल्ड कंग्रेसको रूपमा मोबाइल नेपाल कंग्रेसको आयोजना गर्ने आयोजक संस्थाका अध्यक्षले जानकारी गराए ।

कन्क्लेभमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासङ्घलगायतको सहयोग रहेको जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?