Trending:

भीचित्रले जित्यो १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवाड्र्स २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड एसईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट
अपडेट

माओवादीले गठन गर्यो आइसिटी फोरम

माओवादीले गठन गर्यो आइसिटी फोरम
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

११ भदाै, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आइसिटी फोरम गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिमोट थिचेर आइसिटी फोरमको विधान खोलेर उद्घाटन गरे।

अध्यक्ष प्रचण्डले पछिल्लो समय हल्लाकै भरमा सङ्गठन बनाउने प्रवृत्ति देखिएको भन्दै सकारात्मक काममार्फत पार्टीलाई जनतामा स्थापित गर्ने उद्देश्यले फोरम गठन गरिएको बताए। “यो सूचना प्रविधिको युग हो, यसको महत्व हामी सबैले बुझ्न जरुरी छ”, उनले भने, “राजनीतिक दल सफल बनाउनका लागि पनि सूचना प्रविधिको प्रयोग अपरिहार्य बनेको छ ।”

पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयअनुसार आइसिटी फोरम गठनको निर्णय भएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले फोरम ‘ग्रास रुट’सम्म विस्तार गर्न निर्देशन दिए। उनले समाजवादको आधार तय गर्नका लागि जनतासम्म पुग्ने गरी काम गर्न पनि निर्देश गरे।

“फोरमले पार्टीका नीति, विचार र कामलाई प्रचारप्रसार गरी जनतामाझ पु¥याउन सहयोग गर्नेछ”, उनले भने, “फोरम गठनले हल्लाकै भरमा सङ्गठन बनाउने परम्परा तोड्दै विचार, सिद्धान्त र नीतिलाई जनतामा स्थापित गर्नेछ ।” पार्टीको तीन महिने अभियान सफल बनाउन सूचना प्रविधिको प्रयोगमा जोड नवगठित फोरमलाई निर्देशन दिए। सूचना प्रविधिलाई पार्टीले जुन किसिमको महत्व दिएको छ सोहीअनुरुप काम गर्न उनले आग्रह गरे।

कार्यक्रम संयोजक माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द आचार्य आइसिटी फोरमको केन्द्रीय तदर्थ समिति गठन गरिने समेत जानकारी दिए। कार्यक्रममा अध्यक्ष प्रचण्ड, पार्टीका उपाध्यक्ष एंव प्रवक्ता अग्नि सापकोटा, जनवर्गीय सङ्गठन इन्चार्ज पम्फा भुसाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालागायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?