Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

अफलाइन भुक्तानी सेवा ल्याउन राष्ट्र बैंकको कसरत, इन्टरनेट नपुग्ने ग्रामीण भेगलाई पनि समेट्न सकिने

अफलाइन भुक्तानी सेवा ल्याउन राष्ट्र बैंकको कसरत, इन्टरनेट नपुग्ने ग्रामीण भेगलाई पनि समेट्न सकिने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले इन्टरनेटमार्फत हुने भुक्तानीमा हाल प्रयोग हुँदै आएको प्रणालीको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।

बैंकको भुक्तानी प्रणाली विभागले गरेको अध्ययनले हाल सञ्चालनमा रहेको प्रणालीलाई परिवर्तन गर्दै युएसएसडी प्रविधिलाई बढवा दिनुपर्ने निष्कर्ष निकालेको हो ।

नेपाल राष्ट्र बैंकले अनस्ट्रक्चर्ड सप्लिमेन्ट्री सर्भिस डेटा (यूएसएसडी)सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा यस किसिमको भुक्तानी उपयुक्त हुने निष्कर्ष निकालेको हो।

सन् २०२१ देखि सञ्चालनमा आएको नमस्ते पेले यस किसिमको सेवा दिँदै आए पनि सहज र सहुलियत नभएका कारण ठूलो क्षेत्र समेट्न नसकेको भन्दै राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले सेवा सुविधामा थप गर्न सुझाव दिएको हो।

अहिले भुक्तानी प्रणालीको सञ्चालन सेवा सञ्चालन गर्दै आएका सेवा प्रदायकहरूले तीन वटा प्रणालीमार्फत भुक्तानी गर्दै आएका छन्, आईभीआर (इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स), एसएमएस (सर्ट म्यासेज सर्भिस) र युएसएसडी (अनस्टक्चर्ड सप्लिमेन्ट्री सर्भिस डाटा)  । यसमध्ये सबैभन्दा धेरै कारोबार आईभीआर प्रणालीबाट हुँदै आएको छ । प्रमुख भुक्तानी प्रदायक संस्थाहरू ईसेवा, खल्ती, आईएमई पे लगायतले यही प्रविधिको प्रयोग गर्दै आएका छन् । अफलाइन पेमेन्टका लागि केही सेवा प्रदायकले एसएमएस सेवा समेत दिँदै आएका छन् ।

नेपालका ७३ प्रतिशत घरपरिवारले सामान्य मोबाइल फोन प्रयोग गर्ने र ७२ प्रतिशतले स्मार्टफोन प्रयोग गर्दै आएका छन्। कुल ६६ लाख ६६ हजार घरपरिवारले स्मार्ट फोनसँगै सामान्य फोन पनि प्रयोग गरिरहेकाले अफलाइनमा आधारित भुक्तानी सेवाको सम्भावना बढी रहेको अध्ययनले देखाएको छ।

यस किसिमको सेवाले वित्तीय सेवाबाट वञ्चित भएका ग्रामीण क्षेत्रमा मानिसहरुलाई समेत डिजिटल बैंकिङमा समेट्न सकिनेछ।  प्रतिवेदनले नगद प्रवाहमा आएको कमीलाई अवसरको रुपमा लिँदै ग्रामीण क्षेत्र तथा इन्टरनेटको पहुँचमा पुग्न नसकेको क्षेत्रलाई समेत यो सेवाबाट बैंकिङ क्षेत्रमा समेट्न सकिने निष्कर्ष निकाल्दै यूएसएसडी पेमेन्ट सिस्टमलाई स्तरोन्नति गर्दै कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ।

के हो युएसएसडी प्रणाली ?

युएसएसडी सिस्टममा मोबाइल नेटवर्कको आधारमा गरिने कारोबार प्रणाली । जसरी मोबाइलमा डाटा तथा भ्वाइस प्याकेजहरू लिइन्छ, त्यसैगरी दिइएका नम्बरहरू प्रयोग गरेर रकम ट्रान्सफर गर्ने, ब्यालेन्स चेक गर्ने लगायतको सम्पूर्ण कार्य गर्न सकिन्छ ।

यो प्रणालीको सबैभन्दा राम्रो पक्ष भनेको यसका लागि इन्टरनेट चाहिँदैन । मोबाइल नेटवर्क भएका सम्पूर्ण स्थानमा यो सेवा सञ्चालन गर्न सकिने भएकोले यसलाई बढी पहुँचयोग्य मान्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

अर्को यसका लागि महँगा मोबाइल चाहिँदैन । अहिले भुक्तानी सेवा प्रदायकका एप्लिकेसनहरु चलाउन एन्ड्रोइड वा आईओएस भर्सनका स्मार्ट फोन आवश्यक छ । यो प्रणालीमा भने एसएमएस हुनसक्ने जुनसुकै फोन (फिचर्ड फोन) बाट पनि रकमको कारोबार गर्न सकिन्छ ।

इन्टरनेट नचाहिने भएकोले साइबर सुरक्षाको दृष्टिकोणले समेत यो सुरक्षित हुने राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ । अहिले नेपाल साइबर सुरक्षाको जोखिमका आधारमा विश्वको १०९ औँ स्थानमा छ । यो अवस्थालाई सुधार गर्न यो प्रणालीले सहयोग गर्ने समेत अध्ययनको निष्कर्ष छ । कारोबारलाई पीनकोडले सुरक्षित गर्ने भएकोले यसमा अरू सुरक्षा जोखिम समेत नहुने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?