Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी राष्ट्रिय नीति बनाएर अघि बढ्ने सरकारको तयारी

आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी राष्ट्रिय नीति बनाएर अघि बढ्ने सरकारको तयारी
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी राष्ट्रिय नीति बनाएर अघि बढ्ने तयारीमा रहेको बताएका छन् ।

काठमाडौँमा आइतबारदेखि सुरु भएको दुई दिने एआईसम्बन्धी सम्मेलनमा बोल्दै उनले एआईसँगै अन्य सूचना प्रविधिलाई विकास, विस्तार र व्यवस्थापन गर्न सरकार निजी क्षेत्र र नागरिक समाजबीच समन्वय र समझदारी आवश्यक रहेको उल्लेख गरे ।

अमेरिकाका विश्वविद्यालयहरूमा सूचना प्रविधि अध्यापनसमेत गराउँदै आएका नेपाली व्यवसायी समीर मास्केसँगको उद्घाटन सत्र अन्तरक्रियाका क्रममा प्रधानमन्त्री ओली र मास्केले एक(अर्कालाई डिजिटल नेपाल फ्रेमवर्क, नागरिक एप, सार्वजनिक सेवामा सूचना प्रविधिको आबद्धतासँग एआईसम्बन्धी विभिन्न प्रश्न गरेका थिए । यसै क्रममा प्रधानमन्त्री ओलीले एआई सम्बन्धी रणनीतिक योजना र नीतिगत व्यवस्था तर्जुमा गर्न खोजिरहेको जानकारी दिएका थिए ।

‘हामी एआईसम्बन्धी संस्थागत रणनीतिक योजना, यससम्बन्धी नेपालको राष्ट्रिय नीति के हुनसक्छ भन्ने विषयमा अगाडी बढ्छौँ,’ उनले भने, ‘देश विकास, समाजको सुविधा र अग्रगमनका लागि हामी एआईको सदुपयोग गर्छौँ ।’

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको ‘इन्टरनेसनल आर्टिफिसियल इन्टेलिजेन्स एन्ड रोबोटिक कन्फेरेन्स’ मा शिक्षा, स्वास्थ्य, कृषि, अटोमेसन, पर्यटन, जलवायु परिवर्तन, सुशासन र राजनीति लगायत क्षेत्रमा एआईको सदुपयोगबारे छलफल गरिने गरी विषयवस्तु समावेश गरिएका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई एआई शिक्षाको केन्द्र बनाउने इच्छा रहेको धारणा राखे ।

‘हामीले सरकारी कार्यालयहरूलाई कागजरहित बनाउँदै गएका छौ‌, सबै कार्यालयमा एआईको प्रयोग होस् भन्ने चाहेका छौँ,’ ओलीले भने, ‘एआईलाई उत्कृष्ट नक्कल गर्ने, चमत्कारिक प्रविधिका रूपमा सीमित गर्नु हुँदैन, यसले अनेक ठाउँबाट जोडेको ज्ञानको सदुपयोग गर्नुपर्छ । यसले मान्छेको भविष्यलाई नै खतरामा पार्छ कि भन्ने जुन डर छ त्यो सही होइन । प्रविधिको रिमोट त मान्छेकै हातमा हुन्छ ।’

प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सूचना प्रविधि र एआईसमेतको प्रयोगबाट सेवा प्रवाह र नतिजा कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा आफूहरूले काम सुरु गरेको दाबी गरे । नेपालमा स्टिम एजुकेसन भनिने विज्ञान, गणित, प्रविधि, इन्जिनियरिङ क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग गरेर विद्यार्थीहरूको सिकाइ सुधार गर्ने सरकारको योजना रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीको एआईसम्बन्धी राष्ट्रिय नीति निर्माण गर्ने योजनाको प्रशंसा गर्दै कम्प्युटर वैज्ञानिक मास्केले त्यसो हुन सके नेपाल एआईको क्षेत्रमा विश्वमै उदाहरण बन्न सक्ने प्रतिक्रिया दिए । एआईलाई शिक्षामा समावेश गर्न सके नेपाल एआई सिकाइको हब बन्न सक्ने मास्केको धारणा थियो । ‘हामी आफैँले पनि सानो तहमा सात वर्षअघिदेखि नै फ्युजमेसिन्स एआई फेलोसिप सञ्चालन गरिरहेका छौँ र थुप्रो विद्यार्थीले भाग लिइरहेका छन्,’ मास्केले भने, ‘यसबाट हाम्रो अनुभव के छ भने नेपालका सबै विद्यार्थी विश्वस्तरमा कम छैनन् तर स्रोतसाधन र सीपको थोरै अभाव छ यहाँ ।’

एआईसम्बन्धी नेपालको राष्ट्रिय नीति र कानुन कस्तो बनाउनुपर्छ भन्नेबारे प्रतिक्रिया दिने गरी र एआईको वैध प्रयोग एवं अवसरहरू पहिल्याउन यो सम्मेलन आयोजना गरिएको गरिएको युवा संघका अध्यक्ष क्षितिज थेबेले बताए । यसमा सरकारको एआईसम्बन्धी अवधारणा पत्रका आधारमा १० वटा विषयगत सत्रहरू सम्मेलनमा राखिएको र विभिन्न देशका १ सय १ जना विषय विज्ञलाई वक्ताका रूपमा उपस्थित गराएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?