Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

सामाजिक सञ्जालमा उमेर नपुगेका बालबालिकाको उमेर बढाएर खाता खोलि दिनुभएको छ?

सामाजिक सञ्जालमा उमेर नपुगेका बालबालिकाको उमेर बढाएर खाता खोलि दिनुभएको छ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

काठमाडौँ। तपाईँले फेसबुक, टिकटक, स्न्यापच्याट, यूट्यूब वा इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा उमेर नपुगेका बालबालिकाको उमेर बढाएर खाता खोलि दिनुभएको छ?

त्यसो नभए पनि तपाईँले पक्कै आफूले चिनेका बालबालिका वा किशोरकिशोरीको सामाजिक सञ्जालमा खाता देख्नुभएको होला। तर कानुनअनुसार ती कतिपय बालबालिकाको त्यस्तो खाता खोल्न उमेर पुगेकै हुँदैन। नेपालसहितका देशमा यी माथि उल्लेखित सामाजिक सञ्जालहरूमा खाता खोल्नका लागि कम्तीमा १३ वर्षको उमेर हुनुपर्छ।

नेपालमा पनि धेरैले सामाजिक सञ्जालमा साना बालबालिकाको खाता खोलिदिएका छन्। बालबालिकाको उमेर नढाँटी त्यो सम्भव हुँदैन तर सामाजिक सञ्जालहरूले उमेर पुष्टि हुने प्रमाण वा आधार खोज्दैनन्।

यसले गर्दा बालबालिकाहरू अनलाइनका हानिकारक सामग्रीहरूमा पुग्ने गरेको र त्यसले असर गरेको भन्दै विश्वव्यापी रूपमा चिन्ता व्यक्त भएको पाइन्छ। त्यसको नियमनका लागि विश्वका कतिपय देशमा कानुनहरू बन्ने क्रममा छन् भने सामाजिक सञ्जालहरूलाई पनि त्यसबारे निरन्तर सचेत गराउने काम भइरहेका विवरण छन्।

‘गम्भीर असर’

नेपालमा धेरै बालबालिकाले १३ वर्षभन्दा कम उमेरमै सामाजिक सञ्जालमा खाता खोलिएको पाइन्छ। ती खातामा उनीहरूले निरन्तर तस्बिरतथा भिडिओ राख्ने गरेको पाइन्छ।

स्वयं आमाबुवाले नै त्यसरी खाता खोलिदिने र उनीहरूका तस्बिरहरू राखिदिने गरेको पाइएको बालमनोविद् पुष्पा अधिकारी बताउँछिन्। “अहिले त बच्चालाई ‘पपुलर’ बनाउनका लागि पनि आमाबुवाले आफैँ अकाउन्ट खोलिदिने गर्नुहुन्छ। त्यो ‘पपुल्यारिटी’ हेर्ने कि बच्चाको स्वास्थ्य हेर्ने वा बालबालिकालाई भोलि कस्तो असर गर्छ त्यो हेर्ने?,” उनले भनिन्।

मोबाइल तथा अन्य उपकरणमा बालबालिकाको पहुँचलाई सीमित राख्ने प्रणालीहरू उपलब्ध भइसकेका कारण कति समय प्रयोग गर्न दिने र दिँदा कस्तो सामाग्री हेरिरहेका छन् त्यसमा ध्यान दिनुपर्ने उनी बताउँछिन्।

“उनीहरूलाई मोबाइलमा कस्तो एप मात्रै हेर्न दिने र कति समयका लागि हेर्न दिने भन्ने ‘सेटिङ’ गर्न मिल्छ। त्यसमा अभिभावकले ध्यान दिनुपर्छ,” मनोविद् अधिकारीले भनिन्। नेपालमा केही ‘सेलेब्रटी’हरूले समेत आफ्ना उमेर नपुगेका सन्तानहरूको सामाजिक सञ्जालमा खाता खोलिदिएका छन्।

बालबालिका झर्किने, कोठामा एक्लै बस्ने, पढ्नमा ध्यान नदिने जस्ता समस्या लिएर अभिभावक आउने र त्यस्था अधिकांश बालबालिकाहरू विद्यालयबाट फर्किएपछि तीनचार घण्टा मोबाइलमा सामाजिक सञ्जालहरू हेर्ने गरेको पाइएको अनुभव उनी सुनाउँछिन्।

त्यसमा पनि किशोरीहरूले त आत्महत्यासमेत गरेका घटनाहरू आएको उनी बताउँछिन्। “अहिले अत्यधिक ‘साइबर क्राइम’का घटना देखिन्छ्न, जसमा खास गरी किशोरीहरूको सामाजिक खाता दुरुपयोग भएको अनि यसले गर्दा आत्महत्याहरू नै गरेको पनि भेटिएको छ।”

यस्तो अवस्थामा सुरुमा घरभित्रै आमाबुवा र अभिभावकहरू सचेत हुनुपर्ने र त्यसपछि यसको नियमनका लागि सरकारले पनि ध्यान दिन उनी सुझाउँछिन्।

यूकेमा सर्वेक्षणबाट के देखियो?

‘अफकम’ नामक यूकेको नियामक निकायले सामाजिक सञ्जालमा बालबालिकाहरूले वयस्क भएको बताइरहेको विषयलाई सम्बोधन नगरे त्यस्ता कम्पनीहरूमाथि कारबाही हुने चेतावनी दिएको छ। हालै सार्वजनिक भएको एउटा नयाँ सर्वेक्षणले ८ देखि १७ वर्षका करिब २२ प्रतिशत बालबालिकाले सामाजिक सञ्जालका एपहरूमा आफ्नो उमेर १८ वर्ष वा त्योभन्दा माथि राखेको अनुमान गरेको छ।

अफकमले बालबालिकाले सजिलै उमेर ढाँट्न सक्दा त्यसले उनीहरूको अनलाइनमा उपलब्ध हुने हानिकारक सामाग्रीमा पहुँच पुग्ने खतरा बढेको जनाएको छ। “बालबालिकाको उमेर अनलाइनमा थाहा पाउनका लागि सामाजिक सञ्जालहरूले धेरै गर्नुपर्ने छ,” बीबीसीसँग बोल्दै अफकमका ‘मार्केट इन्टेलिजन्स’का निर्देशक इयान मक्रेईले बीबीसीलाई भने।

‘ढाँट्न धेरै सजिलो’

केही प्रविधि कम्पनीहरूले बालबालिकाका लागि सामाजिक सञ्जाल सुरक्षित बनाउनका लागि उपायहरू घोषणा गरेका छन्। उदाहरणका लागि इन्स्टाग्रामले किशोरकिशोरीका लागि “टीन अकाउन्ट” ल्याउन लागेको छ।

ग्लास्गोस्थित रोशल अक्याडमीमा किशोरकिशोरीको एउटा समूहसँग बीबीसीले कुरा गर्दा उनीहरू सबैले सामाजिक सञ्जालमा आफूहरूले वयस्क भनेर उमेर राखेको बताए।

“आफ्नो उमेर ढाँट्न एकदमै सजिलो छ,” १५ वर्षे एक किशोरीले भनिन्। “मैले आफू जन्मिएको दिन र महिना ठ्याक्कै त्यही राखेँ, तर जब वर्ष लेख्ने बेला आयो, अनि मैले ‘कर्सर’ घुमाउँदै १० वर्षमाथि उमेर राखेँ,” उनले भनिन्। “त्यहाँ केही कुरा पुष्टि गर्नुपर्दैन। परिचयपत्रको माग पनि गरिँदैन र त्यहाँ केही पनि सोधिँदैन,” अर्की किशोरीले भनिन्।

नयाँ इमेल ठेगाना बनाएर थुप्रै सामाजिक सञ्जालमा खाता खोल्दा त्यहाँ केही पनि माग गरिएन। अठार वर्षभन्दा माथि उमेर राख्नेबित्तिकै प्रमाण नमागी दर्ता गरिन्छ। अफकमले यसलाई अबका महिनाहरूमा परिवर्तन गर्नुपर्ने जनाएको छ। “बालबालिकाको उमेरबारे स्वघोषणा गर्नु स्पष्ट रूपमा अपर्याप्त छ,” मक्रेईले भने।

उमेरको निश्चितता पुष्टि गर्न दबाव

अनलाइन उपलब्ध हुने हानिकारक सामग्रीहरूमा बालबालिकाको पहुँच हुँदा त्यसले केही किशोरकिशोरीहरूको मृत्युसमेत भएका घटनाबारे गहिरो चिन्ता व्यक्त भएका छन्। यसै कारण यूकेमा यसअघिको सरकारले अनलाइन सुरक्षा ऐन (ओएसए) पारित गरेको छ। त्यसअनुसार सन् २०२५ को जुलाई महिनाबाट सामाजिक सञ्जालहरूले अफकमले भनेको “उमेर निश्चित गर्ने अतिप्रभावकारी संयन्त्र” लागु गर्नु पर्नेछ।

यूकेमा बालबालिका र किशोरकिशोरीका लागि बनेका चर्चित केही सामाजिक सञ्जालहरूसँग उनीहरूको प्रतिक्रिया लिन बीबीसीले प्रयास गरेको थियो। “कम उमेरको भन्ने शङ्क लागेपछि हामी दैनिक हजारौँ त्यसता खाता हटाउँछौँ,” एउटा विज्ञप्तिमा टिकटकले भनेको छ।

“कसरी ‘मशीन लर्निङ टेक्नोलोजी’ले यी प्रयासहरूलाई सुधार गर्न सक्छ र किशोरकिशोरी तथा बालबालिकाको सुरक्षा र सम्मानको अधिकारका लागि उमेरको आश्वासनका प्रत्याभूतिका लागि काम गर्न सकिन्छ भनेर हामीले हेरिरहेका छौँ,” त्यसमा भनिएको छ।

ह्वाट्स्याप, इन्स्टाग्राम र फेसबुकका माउ कम्पनी मेटा र स्न्याप्च्याटले भने यसबारे बताउन चाहेनन्। हालसालै अस्ट्रेलियाको संसद्ले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ। बिबिसीबाट साभार 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?